२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ गुद्री बजारमा विद्युतीय कारोवार शुरु



अ+ अ-

मोरङ । विराटनगर–११ स्थित नयाँ गुद्री बजारमा आजदेखि एनएमबी बैंकबाट विद्युतीय कारोवार (क्युआर कोड) शुरु गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हरियो तरकारी खरीद गरी नगदरहित कारोवारको शुरुआत गर्दै यस कार्यबाट रकमको सुरक्षासहित झण्डझट नहुनका साथै पारदर्शी हुने बताउनुभयो ।

उहाँले विद्युतीय कारोवारले आधुनिक बजार विस्तारमा सहयोग पुग्नुका साथै यसबाट मुलुकमा सुशासन कायम गरी रकमको सुरक्षासमेत हुने बताउनुभयो । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले मुलुकलाई समृद्ध कायम गर्न नेपाल सरकारको नीतिअनुसार महिला उद्यमीलाई बैंकका १८० शाखामार्फत बिना धितो चार प्रतिशत व्याजदरमा ऋण प्रदान गरिरहेको जानकारी दिनुभयो ।

गुद्री बजार व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगतले विद्युतीय कारोवारले यस क्षेत्रका व्यापार व्यवसायमा सहजता प्रदान गर्ने विश्वास गर्नुभयो । बजार व्यवस्थापन समितिका सचिव गुड्डु साहेव, वडा नं ११ अध्यक्ष तीर्थेन्द्र न्यौपाने, बैंकका प्रदेश प्रमुख उत्सव घिमिरेलगायतले मुलुकको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ भन्नुभयो । 

गभर्नर अधिकारीले एनएमबी बैंकले महिला उद्यमी सन्तोषी भगतलाई चार प्रतिशत ब्याज दरमा उपलब्ध गराएको रु १० लाख ऋणको कागजात प्रदान गर्नु भयो । गभर्नर अधिकारीले एवि ट्रेडर्सका प्रमुख पशुपति भगतलाई विद्युतीय कारोवार कार्ड पनि हस्तान्तरण गर्नुभयो । नयाँ गुद्री बजारमा ४०० व्यवसायीलाई विद्युतीय कार्ड प्रदान गरिएको छ । रासस