• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

आहा! रारा गोल्ड कप आजबाट, थ्री स्टार र सहारा क्लब खेल्ने



पोखरा रंगशाला

पोखरा । सहारा क्लबको आयोजनामा आजबाट २३ औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

उद्घाटन खेलमा आज आयोजक सहारा क्लब र थ्री स्टार क्लब प्रतिष्पर्धा गर्दैछन् । पोखरा रंगशाला हुन लागेको खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।

प्रतियोगितामा ८ ए डिभिजन, एक विदेशीसहित १२ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको दोस्रो दिन बुधबार त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच हुनेछ । दुई ए डिभिजन टोली मछिन्द्र क्लब र जावलाखेल युथ क्लब माघ ११ गते खेल्नेछन् । दुई विभागिय टोली नेपाल एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबबीच माघ १२ गते प्रतिस्पर्धा हुनेछ ।

साविक विजेता संकटा क्लब, भुटानको पारो फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब र चर्च ब्वाइज युनाइटेड क्लबले भने सिधै क्वार्टरफाइनलमा प्रवेश पाएका छन् । प्रतियोगिताको २३ औं सस्करणको फाइनल माघ २० गते हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार पाउनेछन् । दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ र प्रि– क्वाटर खेल्ने दुवै टोलीले २० हजार, क्वाटरफाइनल खेल्ने टोलीले ३० हजार तथा सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ प्राप्तत गर्नेछन् । साथै, सहभागी टालीले हरेक खेलमा प्रोत्साहन रकम पनि पाउनेछन्।