११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

म घेराबन्दीमा परेँ : प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा संविधानको रक्षा गर्ने कि हत्या गर्ने बहस सुरु भएको बताएका छन् । शुक्रवार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानमा व्यवस्था भएको दलित र मधेसीका अधिकार हत्या गर्न खोजिएको समेत जिकिर गरेका हुन् ।

“यो संविधानको रक्षा गर्ने कि हत्या गर्ने भन्ने बहस सुरु भएको छ । यो संविधानमा दलितहरुका निम्ति जे अधिकार सुनिश्चित गरिएको छ, तीनको परिमार्जन गर्ने कि हत्या गर्ने भन्ने बहस चलेको छ,” उनले भने । 

अहिले सबै भन्दा ठुलो घेराबन्दी आफूमाथि भइरहेको भन्दै प्रचण्डले प्राप्त उपलब्धिलाई उल्टाउन आफूमाथि घेराबन्दी भएको बताए ।

प्रचण्डले अहिले देश र देश बाहिरका शक्तिहरु परिवर्तनलाई उल्टाउन लागिरहेको बताउदै संसद पुनस् स्थापना पछि पनि यो क्रम जारी रहेको बताए ।

प्रचण्डले भने, 'जन्मिसकेको बच्चालाई फेरी आमाको पेटमा पठाउने काम हिजो आज देशमा भइरहेको छ । केहि अनिष्ट हुदै छ जस्तो देखिदै छ । हेर्दै जाऊ अझै के के यस्ता घटना देख्न्नु पर्ने हो ।'