१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेतृ पोख्रेलको निधन



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोख्रेलको एक सय एक वर्षका उमेरमा आज बिहान सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको छ ।

प्रजातन्त्र सेनानी स्वर्गीय गोबद्र्धन शर्मा पोख्रेलकी धर्मपत्नी द्रौपदाको २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनाका लागि अतुलनीय योगदान रहेको थियो । उहाँ २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला सङ्घको अध्यक्ष बन्नुभएको थियो ।

गोबद्र्धन शर्माको सर्वस्व हरणपछि उहाँलाई विसं २०१८ सालको जनक्रान्तिमा गिरफ्तार गरेर पैदल हिँडाइ पोखरा हिरासतमा लगिएको थियो ।

गोबद्र्धन शर्मा स्मृति ट्रष्टको अध्यक्ष र संरक्षक द्रौपदाको चार छोरा रामचन्द्र, कृष्णचन्द्र, डा जगदीशचन्द्र र सुवास पोख्रेल तथा छोरीद्वय प्रियंवदा र सत्यवती हुनुहुन्छ । उहाँको आजै पशुपतिमा अन्त्येष्टि गरिने जेठा छोरा रामचन्द्रले जानकारी दिनुभयो । रासस