सुर्खेत। मध्यपश्चिमा अञ्चल ट्रक तथा ट्याक्टर व्यवसायी संघको अध्यक्षमा चेतन कुमार थानी सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
आइतबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको बिरेन्द्रनगरमा भएको संघको २५ औं बार्षिक साधारण सभा तथा १२ औं अधिवेशनले पुनः चेतन कुमार थानी सर्वसम्मत निर्वाचित गरेको हो । त्यस्तै,साधरण सभाले संघको वरिष्ठ उपाध्यक्षमा बिजय भण्डारी ,उपाध्यक्षमा रेशम प्रसाद ढकाल,महासचिवमा मदनकृष्ण सुवेदी,सचिवमा नवराज ढकाल, कोषाध्यक्षमा सुमन लामिछानेलाई निर्वाचित गरेको छ ।
संघको कार्यसमिति सदस्यहरुमा नवराज ढकाल, बिजय अग्रहरी, गंगादत्त बडु, अशोककुमार शाही,मदनबहादुर थापा, केशव वि।सी।, राजेन्द्रप्रसाद सुवेदी , राजकुमार पौडेल, दिलिपकुमार थापामगर, शेरबहादुर अधिकारी, मान सिंह कुमाल, टेक बहादुर जि.सी सर्वसम्मत निर्वाचित भएका छन । संघको अध्यक्षमा निर्वाचित अध्यक्ष थानीले मुलुकमा देखिएको आर्थिक संकुचनको कारण व्यवसाय पलायन हुने अवस्था आएको बताए ।
उनले ट्रक तथा ट्याक्टर व्यवसायीहरुको लगानी सुरक्षाका लागि सरकारले विशेष पहल गर्नु आवश्यक रहेको बताए । उनले भने,‘पछिल्लो समय देशमा देखिएको आर्थिक संकुचनको प्रभाव ट्रक तथा ट्याक्टर व्यवसायमा पनि गरेको छ । यो समस्याको कारण व्यवसायबाट नै पलायन हुन अवस्था सिर्जना भएको छ ।’ उनले आफ्नो कार्यकालमा व्यवसायीहरुको लगानी सुरक्षालाई पहिलो प्राथमिकता राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
निर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुने छ । २०५४ सालमा स्थापना भएको मध्य पश्चिम अञ्चल ट्रक तथा टेक्टर व्यवसायी समितिमा २१६ सवारी साधन रहेको छ भने तीन सय भन्दा बढी व्यवसायीहरु आवद्ध रहेका छन । संघको साधरण सभा कर्णाली प्रदेशका भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्री मंगल बहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।