१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गढीमाई मन्दिरमा एक लाख ५१ हजार दीप प्रज्वलन



अ+ अ-

बारा । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठान भएको खुसियालीमा गढीमाई मन्दिरमा सोमबार साँझ एक लाख ५१ हजार दीप प्रज्वलन गरिएको मन्दिरका पुजारी मङ्गल चौधरीले जानकारी दिनुभयो ।

सो अवसरमा जिल्लाका अधिकांश ठाँउमा कलश यात्रा, ¥याली, भजन मण्डली, किर्तन गरिएको थियो । गढीमाई मन्दिरलाई भव्यरुपमा सजाइएको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले जानकारी दिनुभयो । उहाँले यहाँका स्थानीय स्वतः आएर मन्दिरमा दीप प्रज्वलन गरेको बताउनुभयो ।

नेपाल र भारतको सदियौँदेखिको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ भएर जाने नगरप्रमुख यादवको भनाइ थियो ।