८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी

सरकारले गैरआवासीय नेपाली संघसँगको चलखेल तत्काल बन्द गर्नुपर्छः विष्णुप्रसाद पौडेल

सरकारले गैरआवासीय नेपाली संघसँगको चलखेल तत्काल बन्द गर्नुपर्छः विष्णुप्रसाद पौडेल
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष एवम पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपाल संघ (एनआरएनए) माथि सरकार आफैँले चलखेल गरिरहेको आरोप लगाउनुभएको छ ।

एनआरएनएभित्र झगडा निम्त्याएर वर्तमान सरकार र सत्तारुढ दलहरुले तमासा देखाइरहेको उल्लेख गर्दै उहाँले त्यस्तो कार्य तत्काल बन्द हुनुपर्ने पनि बताउनु भयो । एनआरएनएको हालै सम्पन्न निर्वाचनमा निर्वाचित कार्य समितिमाथि अविश्वास खडा गरेर सरकारले नै उनीहरुलाई कुनै राजनीतिक दलको भ्रातृ संगठनको जस्तो व्यवहार गरेको जिकिर गर्दै उपाध्यक्ष पौडेलले त्यस्तो काम सरकार र राजनीतिक दलहरुले कुनैपनि बहानामा नहुने बताउनु भयो ।

एनआरएनएले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एनआरएनए कोष परिचालनमा कन्जुस्याँई नगर्न पनि सरकारलाई दबाब दिनुभयो । सरकारले सो कोषको परिचालनमा कन्जुस्याँई गरेका कारण गैर आवासीय नेपालीहरुले ठूलो परियोजनामा लगानी गर्ने अवस्था नरहेको उपाध्यक्ष पौडेलको दाबी थियो । उहाँले गैर आवासीय नेपालीहरुले नागरिकता पाउने र त्यसको पूर्ण रुपमा उपयोग गर्ने कुरामा आफ्नो पार्टी प्रतिवद्ध रहेको समेत बताउनु भयो ।

उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘चुनाव लड्नुपर्यो भने प्रवासी नेपाली संघ खोज्नुपर्छ हामीले ? त्यहाँ भित्र झगडा मच्चाउनु पर्छ ? २०७९ मा चुनाव लड्यौं । अव २०८४ मा लडे भईगयो नि । जे जे प्रतिष्पर्धा गर्ने, त्यही गरेँ भइ गयो नि । गैर आवासीय नेपालीहरु भित्र खेलेर त्यत्रो एउटा साझा संगठन कुनै दल विशेषको जनसंगठन वा भ्रातृ संगठन होइन गैर आवासीय नेपाली संघ भन्ने कुरा सबैले मानेको छ । फेरि पनि त्यसलाई भ्रातृ संगठन जस्तो गरेर ह्वीप जारी गरेर, उम्मेदवार उठाएर, निर्वाचन मान्दिन भन्न लगाएर यो तमासा कुनैपनि राजनीतिक दलहरुले गर्नुहुँदैन ।

सरकारमा रहेका दलहरुले त गर्नु हुँदैहुँदैन । सरकारले त झन गर्नै हुँदैन । त्यसकारण यो स्थितिको शिघ्रातिशिघ्र अन्त्य होस भनेर अपेक्षा गर्न चाहन्छु । म एकहदसम्म के कुरामा सन्तुष्ट छु भने त्यतिबेला यहाँहरुले जुन प्रकारको अपेक्षा गर्नुभएको थियो । तदनुकुलका स्टेपहरु चालिएका थिए । र त्यो कोष स्थापनाका निमित्त नेपाल सरकार स्वयं पनि एउटा स्केट होल्डर भएर त्यसको एउटा पार्टनर भएर यो कोष स्थापनाका निम्ति पहल गरिएको थियो । त्यसले एउटा उचाई प्राप्त गरेको थियो । तर आज यो कोष घरी अर्थ मन्त्रालयले यो समस्या सृजना गरेको छ । घरी अरुले गरेको छ ।

यसमा अरु प्रकारका समस्याहरु पनि छन । ती समस्याहरुको जन्जालमा अल्झिएको पाउँछु । मैले बुझ्दा चाहीँ के बुझिरहेको थिए भने यो एनआरएनए कोष स्थापना गरेर संसारभरी छरिएर रहेका गैरआवासीय नेपालीहरुले त्यो कोषमार्फत एउटा भिजिबल इन्भेष्टमेन्ट नेपालमा गर्ने र नेपालको आर्थिक उन्नतिमा एउटा निर्णायक योगदान दिने जुन तपाईहरुको संकल्प हो । त्यो संकल्प सराहनीय छ । त्यो संकल्पका निम्ति अहिले जे, जस्तो कन्जुस्याईहरु गरिएका छन । त्यसबाट सरकार बाहिर आउनुपर्छ । जोसुकैको कुरा भएपनि त्यो चीजबाट बाहिर आउनुपर्छ । र, यो कोषलाई प्रभावकारी बनाउन सरकारले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्छ ।

अहिले जसरी जहाँ पुग्नु पर्दथ्यो, यो कोषमा संसारभरका प्रवासी नेपालीहरुले यसमार्फत लगानी गरेर केही महत्वपूर्ण आयोजनाहरु निर्माणका काम भइसक्थ्यो । त्यो चिज हुुन सकेको छैन । त्यसका निम्ति यहाँहरुको प्रयास जारी रहोस् । आफ्नो पोजिसनअनुसार हामीले भुमिका खेल्छौं ।’

कार्यक्रममा बोल्दै सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले अब्बल भएर काम गर्न एनआरएनएका नेतृत्वलाई आग्रह गर्नुभयो । संगठनमा आवद्ध सबैलाई एकतावद्ध भएर अघि बढे मात्रै संगठन र राष्ट्रको प्रतिष्ठा बढ्ने भएकाले सबैलाई समेटेर एनआरएनए अघि बढ्नुपर्ने उहाँको भनाई थियो ।

सांसद सापकोटाले भन्नुभयो, ‘अब एनआरएनएले अब्बलताका साथ काम गर्ने इच्छाशक्तिका साथ अघि बढनुपर्छ । यसमा देखिएका समस्या समाधान गर्न पनि काममा अब्बलता देखाउनुपर्ने हुन्छ । अव पराजित भएका साथीहरुलाई धेरै गाली नगर्नुस् । सबैलाई विश्वासमा लिएर तपाईहरु अघि बढ्नुपर्ने हुन्छ ।’

सत्तारुढ नेपाली काँग्रेसका नेता शंकर भण्डारीले नेपालमा राजनीतिक स्थायित्व नभएका कारण देशलाई अघि बढाउन सक्ने अवस्था नभएको बताउनु भयो । उहाँले राजनीतिक दलहरु आफैं भित्र समस्या भएकाले उनीहरुले देशको पक्षमा काम गर्नसक्ने अवस्था नभएको बताउनु भयो ।

नेता भण्डारीले भन्नुभयो, ‘नेपालमा मुल रुपमा पोलिटिकल स्टाविलीटी नै भएन । अब त यतिसम्म समस्या आयो कि हरेक राजनीतिक पार्टीमा समस्या छ । एमाले भित्र ओलीको हाईकमाण्ड छ । तर भित्रभित्र त्यहाँ भित्र समस्याहरु छन् । हाम्रो त खुला पार्टी केन्द्रिय समितिमा नबोले पनि हुन्छ । बाहिर जति बोले पनि हुन्छ । रास्वपा भर्खर आएको छ । शुभकामना छ राम्रो होस् । जबसम्म पदीय मर्यादाभन्दा माथि उठेर अघि बढ्दैनौं, त्यससम्म देशलाई अघि बढाउन सक्दैनौं ।’

काँग्रेस नेता भण्डारीले संविधानलाई माध्यम बनाएर नेताहरुले आफ्नो स्वार्थपूर्ति गरिरहेको आरोप समेत लगाउनु भयो । —न्युज एजेन्सी नेपाल