८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

प्रधानमन्त्री कप क्रिकेटः मधेस र वागमती शिर्ष स्थानको होडमा

प्रधानमन्त्री कप क्रिकेटः मधेस र वागमती शिर्ष स्थानको होडमा
अ+ अ-

काठमाडौँ । मधेस र वागमती प्रदेशले सोमवार प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित निकाल्दै शिर्ष स्थानको होडमा उभ्याएको छ ।

मायन यादवको शतक प्रेरणामा मधेसले कीर्तिपुरमा सुदूरपश्चिम प्रदेशलाई ८० रनले हराउँदै मुलपानी वागमतीले कर्णाली प्रदेशमाथि सात विकेटको जित निकाल्दै जारी प्रतियोगितामा शिर्षताको होड बनाएको हो । चार खेलमा अपराजित नेपाल पुलिस तथा समान ६ खेलबाट वागमती र मधेसको समान आठ अंक छ । मायनको शतकसँगै उत्कृष्ट ब्याटिङमा मधेसले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिमसामु तीन सय २० रनको चुनौतिपूर्ण लक्ष्य प्रश्तुत ग¥यो । जवाफी ब्याटिङ गरेको सुदूरपश्चिम ४४.५ ओभरमा दुई सय ३९ रनमै समेटिएपछि जारी प्रतियोगितामा पहिलो हार व्यहो¥यो ।

सुदूरपश्चिमको चौथो खेलमा यो पहिलो हार हो । विशाल लक्ष्य पछ्याएको सुदूरपश्चिमले नरेन भट्टको १२१ रनको शतक बावजुद जितका लागि पर्याप्त भएन । सुदूरपश्चिमको शुरुवात राम्रो हुन सकेन र पहिलो ओभरमै ओपनर टेक रावतलाई शुन्यमै गुमायो । त्यसपछि नारेन इनिङ समाले पनि अर्को छेउबाट उनले साथ पाउन सकेनन् । उनले दोस्रो विकेटका लागि ओपनर खडक बोहोरासँग ५६ रन र पाँचौं विकेटका लागि नारायण जोशीसँग ५० रनको साझेदारी गरे । खडकको १४ रन र नारायणको २६ रनको योगदान रह्यो । त्यसबाहेक अन्य ब्याटरले लामो इनिङ खेल्न सकेनन् ।

नवौं विकेटका रूपमा आउट भएका नरेनले १२२ बल खेल्दै १३ चौका र एक छक्का प्रहार गरे । किरण ठगुन्ना २० रन र नारेन साउदले १८ रनको योगदान दिए । मधेसको बलिङमा राजेश यादव र प्रदीप पासवानले समान तीन विकेट तथा रञ्जित कुमारले दुई, हरिशंकर साह र पवन सर्राफले समान एक विकेट लिँदै सुदूरपश्चिमलाई पूरै ओभर खेल्न दिएनन् । त्यसअघि टस जितेर ब्याटिङ गरेको मधेसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै तीन सय १९ रनको योगफल बनाएको थियो । मायनले ११५ रनको शतकीय इनिङ खेल्दै मधेसलाई विशाल योगफलतर्फ अग्रसर गराए । १२८ बल खेलेका उनले आठ चौका र दुई छक्का प्रहार गरे ।

मधेसले तेस्रो ओभरमै कप्तान हरिशंकर साहलाई १४ रनमै गुमायो । तर, त्यसबाहेक शिर्ष क्रमका ब्याटरले साथ दिँदा मधेसले विशाल योगफल बनायो । पवन सराफले ७० रन र अनिल साहले ६९ रनको योगदान दिए । पवनले ६३ बलमा समान चार चौका र छक्का र अनिलले ७० बलमा ६ चौका र दुई छक्का प्रहार गरे । रूपेश सिंहले २१ रन, अविषेक तिवारीले १६ रन बनाए । मायनले तेस्रो विकेटका लागि पवनसँग १२७ रन र दोस्रो विकेटका लागि अनिलसँग १०६ रनको साझेदारी गरे ।

सुदूरपश्चिमको बलिङमा शेर मल्लले चार विकेट, विकाश आग्रीले दुई तथा नारायण जोशी र गजेन्द्र बोहराले समान एक विकेट लिए । अर्को खेलमा वागमतीले मुलपानी क्रिकेट मैदानमा कर्णालीमाथि सात विकेटको सहज जित निकाल्यो । यससँगै पाँच खेलमा तेस्रो हार बेहोरेको कर्णालीको चार अंक छ । कर्णालीले दिएको ७९ रनको सामान्य लक्ष्य वागमतीले मात्र १३ ओभरमा तीन विकेट गुमाउँदै पूरा ग¥यो । ओपनर ईशान पाण्डेको ४० रन र रविन जोशीले अविजित १६ रन नै वागमतीको जितका लागि पर्याप्त भयो । कर्णालीको बलिङमा दिवान पुनले तीन विकेट लिँदा अन्य बलर असफल भए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको कर्णाली २४.२ ओभरमा ७८ रनमै समेटियो । वागमतीका बलर रिजन ढकालले पाँच विकेट, ईशानले दुई तथा प्रतिश जिसी, सूर्य तामाङ र विपिन आचार्यले समान एक विकेट लिँदै कर्णालीको इनिङ धराशयी बनाए । कर्णालीका लागि अर्जुन घर्तीले २३ रन र निश्चल रावलले १३ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । —न्युज एजेन्सी नेपाल