४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेटः मधेस र वागमती शिर्ष स्थानको होडमा



अ+ अ-

काठमाडौँ । मधेस र वागमती प्रदेशले सोमवार प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित निकाल्दै शिर्ष स्थानको होडमा उभ्याएको छ ।

मायन यादवको शतक प्रेरणामा मधेसले कीर्तिपुरमा सुदूरपश्चिम प्रदेशलाई ८० रनले हराउँदै मुलपानी वागमतीले कर्णाली प्रदेशमाथि सात विकेटको जित निकाल्दै जारी प्रतियोगितामा शिर्षताको होड बनाएको हो । चार खेलमा अपराजित नेपाल पुलिस तथा समान ६ खेलबाट वागमती र मधेसको समान आठ अंक छ । मायनको शतकसँगै उत्कृष्ट ब्याटिङमा मधेसले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिमसामु तीन सय २० रनको चुनौतिपूर्ण लक्ष्य प्रश्तुत ग¥यो । जवाफी ब्याटिङ गरेको सुदूरपश्चिम ४४.५ ओभरमा दुई सय ३९ रनमै समेटिएपछि जारी प्रतियोगितामा पहिलो हार व्यहो¥यो ।

सुदूरपश्चिमको चौथो खेलमा यो पहिलो हार हो । विशाल लक्ष्य पछ्याएको सुदूरपश्चिमले नरेन भट्टको १२१ रनको शतक बावजुद जितका लागि पर्याप्त भएन । सुदूरपश्चिमको शुरुवात राम्रो हुन सकेन र पहिलो ओभरमै ओपनर टेक रावतलाई शुन्यमै गुमायो । त्यसपछि नारेन इनिङ समाले पनि अर्को छेउबाट उनले साथ पाउन सकेनन् । उनले दोस्रो विकेटका लागि ओपनर खडक बोहोरासँग ५६ रन र पाँचौं विकेटका लागि नारायण जोशीसँग ५० रनको साझेदारी गरे । खडकको १४ रन र नारायणको २६ रनको योगदान रह्यो । त्यसबाहेक अन्य ब्याटरले लामो इनिङ खेल्न सकेनन् ।

नवौं विकेटका रूपमा आउट भएका नरेनले १२२ बल खेल्दै १३ चौका र एक छक्का प्रहार गरे । किरण ठगुन्ना २० रन र नारेन साउदले १८ रनको योगदान दिए । मधेसको बलिङमा राजेश यादव र प्रदीप पासवानले समान तीन विकेट तथा रञ्जित कुमारले दुई, हरिशंकर साह र पवन सर्राफले समान एक विकेट लिँदै सुदूरपश्चिमलाई पूरै ओभर खेल्न दिएनन् । त्यसअघि टस जितेर ब्याटिङ गरेको मधेसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै तीन सय १९ रनको योगफल बनाएको थियो । मायनले ११५ रनको शतकीय इनिङ खेल्दै मधेसलाई विशाल योगफलतर्फ अग्रसर गराए । १२८ बल खेलेका उनले आठ चौका र दुई छक्का प्रहार गरे ।

मधेसले तेस्रो ओभरमै कप्तान हरिशंकर साहलाई १४ रनमै गुमायो । तर, त्यसबाहेक शिर्ष क्रमका ब्याटरले साथ दिँदा मधेसले विशाल योगफल बनायो । पवन सराफले ७० रन र अनिल साहले ६९ रनको योगदान दिए । पवनले ६३ बलमा समान चार चौका र छक्का र अनिलले ७० बलमा ६ चौका र दुई छक्का प्रहार गरे । रूपेश सिंहले २१ रन, अविषेक तिवारीले १६ रन बनाए । मायनले तेस्रो विकेटका लागि पवनसँग १२७ रन र दोस्रो विकेटका लागि अनिलसँग १०६ रनको साझेदारी गरे ।

सुदूरपश्चिमको बलिङमा शेर मल्लले चार विकेट, विकाश आग्रीले दुई तथा नारायण जोशी र गजेन्द्र बोहराले समान एक विकेट लिए । अर्को खेलमा वागमतीले मुलपानी क्रिकेट मैदानमा कर्णालीमाथि सात विकेटको सहज जित निकाल्यो । यससँगै पाँच खेलमा तेस्रो हार बेहोरेको कर्णालीको चार अंक छ । कर्णालीले दिएको ७९ रनको सामान्य लक्ष्य वागमतीले मात्र १३ ओभरमा तीन विकेट गुमाउँदै पूरा ग¥यो । ओपनर ईशान पाण्डेको ४० रन र रविन जोशीले अविजित १६ रन नै वागमतीको जितका लागि पर्याप्त भयो । कर्णालीको बलिङमा दिवान पुनले तीन विकेट लिँदा अन्य बलर असफल भए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको कर्णाली २४.२ ओभरमा ७८ रनमै समेटियो । वागमतीका बलर रिजन ढकालले पाँच विकेट, ईशानले दुई तथा प्रतिश जिसी, सूर्य तामाङ र विपिन आचार्यले समान एक विकेट लिँदै कर्णालीको इनिङ धराशयी बनाए । कर्णालीका लागि अर्जुन घर्तीले २३ रन र निश्चल रावलले १३ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । —न्युज एजेन्सी नेपाल