• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

सहकारीबाट मेरो खातामा एक करोड ८० लाख आएको कुरा गलत होः सभापति लामिछाने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट एक करोड ८० लाख रुपैयाँ आफ्नो खातामा हालेको भन्ने समाचारको खण्डन गर्नुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो निजी खातामा एक करोड ८० लाख भएको भन्नेकुरा गलत रहेको दाबी गर्नुभयो । उहाँले सञ्चरमाध्यमले ग्यालेक्सी छोड्दा आफ्नो खातामा एक करोड ८० लाख रुपैयाँ सहकारीकै पैसा हो भन्ने प्रमाणित गर्न खोजेर समाचार प्रकाशन गरेको बताउनु भयो ।

उहाँले आफूलाई ग्लोवल आईएमई बैंकले खातामा पैसा नआएको पत्र पठाएको बताउनु भयो । सोमवार कान्तिपुर दैनिकले ‘ग्यालेक्सी छोड्दा लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्मा’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशन गरेसँगै सभापति लामिछानेले पत्रकार सम्मेलन गरेर बैंकलाई नसोधीकन आफ्नो बिरुद्धमा समाचार लेखिएको र निजी खातामा एक करोड ८० लाख आएको कुरा गलत रहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ग्यालेक्सी छोड्दा मेरो खातामा एक करोड ८० लाख आयो । मैले जम्मा गरेँ भन्ने कुरा गरेर त्यो सहकारीकै पैसा हो भन्ने प्रमाणित गर्न खोजिएको देखियो । यो गलत हो । मैले यो समाचारका लागि अलिकित समय दिनुस् न, हतार नगर्नुस् न भने । ग्लोवल आइएमई बैंकले खातामा पैसा नआएको बताएको छ । बैंकलाई सोधिदिएको भए पनि भनिदिन्थ्यो उहाँहरुले सोध्नुभएन । सिधै मेरो खातामा पैसा आएको भनेर लेख्नुभयो । निजी खातामा एक करोड ८० लाख भएको भन्नेकुरा गलत छ ।’

सभापति लामिछानेले सञ्चारकर्मीमाथि पर्सनल अट्याक गर्नु आफ्नो गल्ती भएको स्वीकार समेत गर्नुभयो । —न्युज एजेन्सी नेपाल