१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारीबाट मेरो खातामा एक करोड ८० लाख आएको कुरा गलत होः सभापति लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट एक करोड ८० लाख रुपैयाँ आफ्नो खातामा हालेको भन्ने समाचारको खण्डन गर्नुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो निजी खातामा एक करोड ८० लाख भएको भन्नेकुरा गलत रहेको दाबी गर्नुभयो । उहाँले सञ्चरमाध्यमले ग्यालेक्सी छोड्दा आफ्नो खातामा एक करोड ८० लाख रुपैयाँ सहकारीकै पैसा हो भन्ने प्रमाणित गर्न खोजेर समाचार प्रकाशन गरेको बताउनु भयो ।

उहाँले आफूलाई ग्लोवल आईएमई बैंकले खातामा पैसा नआएको पत्र पठाएको बताउनु भयो । सोमवार कान्तिपुर दैनिकले ‘ग्यालेक्सी छोड्दा लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्मा’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशन गरेसँगै सभापति लामिछानेले पत्रकार सम्मेलन गरेर बैंकलाई नसोधीकन आफ्नो बिरुद्धमा समाचार लेखिएको र निजी खातामा एक करोड ८० लाख आएको कुरा गलत रहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ग्यालेक्सी छोड्दा मेरो खातामा एक करोड ८० लाख आयो । मैले जम्मा गरेँ भन्ने कुरा गरेर त्यो सहकारीकै पैसा हो भन्ने प्रमाणित गर्न खोजिएको देखियो । यो गलत हो । मैले यो समाचारका लागि अलिकित समय दिनुस् न, हतार नगर्नुस् न भने । ग्लोवल आइएमई बैंकले खातामा पैसा नआएको बताएको छ । बैंकलाई सोधिदिएको भए पनि भनिदिन्थ्यो उहाँहरुले सोध्नुभएन । सिधै मेरो खातामा पैसा आएको भनेर लेख्नुभयो । निजी खातामा एक करोड ८० लाख भएको भन्नेकुरा गलत छ ।’

सभापति लामिछानेले सञ्चारकर्मीमाथि पर्सनल अट्याक गर्नु आफ्नो गल्ती भएको स्वीकार समेत गर्नुभयो । —न्युज एजेन्सी नेपाल