• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo

त्रिविको उपकुलपतिका लागि ४३ जनाको दरखास्त



काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जनाले दरखास्त दिएका छन् ।

उपकुलपतिका लागि आवेदन दिने अन्तिम समय सोमबार अपराह्न ४ बजेसम्म तोकिएको थियो । उक्त समयसिमामा ४३ जनाले दरखास्त दिएका हुन् ।

त्रिविको उपकुलपतिका लागि मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले दरखास्त दिएका छन् ।

शिक्षा मन्त्रालय पुगेर उनले आवेदन दिएका हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १८ फागुन २०७६ मा सिंहलाई उपकुलपतिमा नियुक्त गरेका थिए । उनको कार्यकाल फागुनमा सकिँदै छ ।

त्यसअघि नै सिंहले त्रिविको उपकुलपति हुन दरखास्त दिएका हुन् । यस्तै, त्रिविका पूर्वउपकुलपति तीर्थ खनियाँ, पूर्वरजिष्ट्रार चन्द्रमणि पौडेल, कार्यवाहक उपकुलपति शिवलाल भुसालले पनि उपकुलपतिका लागि दरखास्त दिएका छन् ।