• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

राष्ट्रियसभा निर्वाचन: कोशीमा एमाले र राप्रपाबिच तालमेल



file photo

विराटनगर । माग ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनको लागि कोशी प्रदेशमा नेकपा एमाले र राप्रपाबिच तालमेल हुने भएको छ ।

राष्ट्रियसभा सदस्यका लागि कोशी प्रदेशबाट अन्य र महिला क्लस्टर गरी दुई सिटमा चुनाव हुँदैछ । दुई सिटमध्ये एक सिटमा एमाले र अर्कोमा राप्रपाले एक अर्कालाई सघाउने सहमति भएको हो ।

कोशी प्रदेशसभामा राप्रपाका संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाका अनुसार कोशीमा एमालेले राप्रपाका उम्मेदवार उद्धव पौडेल र राप्रपाले भने एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई सघाउने भएको छ ।