७ आश्विन २०८१, सोमबार
,
Latest
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान मुगुको मुहार काठमाडौंमा -फोटो फिचर सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदै चर्चित धावक रोकायालाई ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गरिने श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा ओलीको ‘क्लिन स्विप’



अ+ अ-

काठमाडौं । नेकपा एमालेको आज बसेको पहिलो केन्द्रीय कमिटी बैठकले ओलीको पक्षका नेताहरुलाई जिम्मेवारी तोकेको छ । ओली निकटका केन्द्रीय सदस्यहरुको भनी आज बोलाइएको बैठकलाई नै केन्द्रीय कमिटिको बैठक भनेर अ्रध्यक्ष ओलीले एकतर्फी निर्णय गरेको बताइएको छ । 

यस बैठकले माधव नेपाल पक्षका सबै जसो नेतालाई निष्कासन गरेर सो समूहलाई थाहा नै नदिई दुरगामी महत्वका निर्णय गरेको छ । दशेका सबै प्रदेशका इन्चार्जमा अब ओलीले आफैले आफ्नो पक्षका नेताहरुलाई मनोनित गर्नुभएको छ ।  

साथै आजको सो बैठकले महाधिवेशनको मिति तोक्नुका साथै नेताहरूको जिम्मेवारी पनि हेरफेर गरेको छ । 

उता आजै बुटबलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव नेपालजीहरुले एमाले कब्जा गरेर ओलीलाई पार्टीबाट निकाल्छन् भनी दिएको अभिव्यक्ति सार्वजनिक हुन नपाउँदै यता ओलीले माधव नेपाल पक्षका सबैजसो नेतालाई हटाएको निर्णय सार्वजनिक गर्नुभएको छ ।  
 
बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा समाहित भएका रामबहादुर थापा बादललाई वागमती प्रदेशको इन्चार्ज बनाएको छ । यसअघि यो इन्चार्जमा अष्टलक्ष्मी शाक्य हुनुहुन्थ्यो । शाक्य माधव नेपाल निकट मानिनुहुन्छ । 

त्यसैगरी एक नम्बर प्रदेशको इन्चार्जमा माधव पक्षका भिम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई मनोनित गरिएको छ । त्यस्तै प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीका शंकर पोखरेललाई भने यथावत राखिएको छ । उहाँहरु ओली निकटकै हुनुहुन्छ । 

उता कर्णालीमा भने नेपाल पक्षका युवराज ज्ञवालीलाई हटाएर हालै माओवादीबाट एमालेमा आएका मणि थापालाई र सुदूरपश्चिममा नेपाल पक्षका तथा ओलीका कटु आलोचक भिम रावललाई हटाएर माओवादी नेता लेखराज भट्टलाई इन्चार्ज तोकिएको छ।

यसैगरी आजको बैठकले संगठन विभागको प्रमुखको जिम्मा विष्णु पौडेललाई दिएको छ भने विदेश विभागको जिम्मेवारी डा।राजन भट्टराईले पाएका छन् ।

आजको सो बैठकले प्रचार विभाग प्रमुख तथा प्रवक्तामा प्रदीप ज्ञवालीलाई मनोनित गरिएको छ । यअसघि प्रचार विभागको प्रमुखमा योगश भट्टराई हुनुहुनथ्यो । स्कूल विभागको जिम्मेवारी भने ओली आफैंले लिनुभएको छ। 

त्यसैगरी आजैको बैठकले अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारी भने नराख्ने बनाइएको छ । 

आजको बैठक ओली निकटका सदस्यहरुको उपस्थितिमा भएको थियो । सो बैठक सकिएपछि अध्यक्ष ओलीले अर्को बैठक चैत ७ गते बस्ने निर्णय पनि गर्नुभएको बताइएको छ । 

साथै आजको बैठकमा नआएका माधव नेपाललगायतका नेताहरुलाई पनि जानकारी दिन महासचिव ईश्वर पोखरेललाई निर्देशन दिएको एक सहभागी नेताले बताएका छन् ।