८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

१५ औं योजनालाई उपेक्षा गर्नेगरी १६ औं पञ्चवर्षीय योजना निर्माण गर्नु हुँदैन: उपाध्यक्ष पौडेल

१५ औं योजनालाई उपेक्षा गर्नेगरी १६ औं पञ्चवर्षीय योजना निर्माण गर्नु हुँदैन: उपाध्यक्ष पौडेल
अ अ+ अ-

काठमाडौं ।  नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले योजना आयोगले राष्ट्रिय आवश्यकता सम्बोधन हुनेगरी योजना निर्माण गर्ने आश गर्न नसकिने बताउनुभएको छ ।

उपाध्यक्ष पौडेलले योजना आयोगले मुलुकको वर्तमान राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने,विगतका अनुभवहरुको जगमा उभिएर योजनावद्ध प्रयासलाई सार्थक रुपमा गति दिनेगरी योजना निर्माण गर्ने अवस्था नदेखिएको बताउनुभएको हो । उहाँले वर्तमान सरकारको मातहतमा बनेको योजना आयोगले अघिल्लो सरकारले बनाएको १५ औं योजनालाई उपेक्षा गर्नेगरी योजना निर्माण गरिरहेको आरोप लगाउनु भयो ।

उपाध्यक्ष पौडेलले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै योजना आयोग १६ औं योजनाको निर्माणमा अलमलिरहेको बताउनु भयो । उहाँले १६ औं योजना निर्माण गर्दा अहिलेसम्म योजनावद्ध विकासका अभ्यास, प्रयासहरु र तिनले दिएका अनुभवहरुको जगमा उभिएर वर्तमान र दीर्घकालिन आवश्यकतालाई सम्बोधन गरी योजना निर्माणको काममा सरकार लाग्नुपर्नेमा राजनीतिक पूर्वाग्रहका आधारमा आयोग अलमलिरहेको दाबी गर्नुभयो । योजना आयोग आगामी १६ औं योजना बनाउने विषयमा कुहिरोभित्रको काग जस्तै भइरहेको टिप्पणी गर्नुभयो । नेकपा एमाले अध्यक्षका केपी शर्मा ओली नेतृत्वको सरकारले निर्माण गरेको १५ औं योजना धेरै दृष्टिकोणले महत्वपूर्ण रहेको पौडलको भनाई छ ।

उहाँले १५ औं योजनाले नेपालको योजनावद्ध विकासमा डिपाचर हुने गरी नयाँ दिशाबोध दिएर विकासका परम्परागत अभ्यासहरुलाई ब्रेक थु्र गरेको उल्लेख गर्नुभयो । उहाँले वर्तमान सरकारले १६ औं योजना निर्माण गरिरहँदा १५ औं योजनाले संस्थागत गरेका निस्कर्षहरुलाई आत्मासाथ गर्ने र आवश्यक विषयलाई निरन्तरता दिने भन्दा पनि तिरस्कार र उपेक्षा गर्नेगरी अगाडि बढेको पाइएको दाबी गर्नुभयो । योजना आयोग १५ औं योजनाका सकारात्मक योगदानहरुलाई निरन्तरता दिने मान्यताबाट विचलित भएको आरोप पौडेलको छ । १५ औं योजनाले राष्ट्रिय दीर्घकालिन र आवधिक लक्ष्य निश्चित गर्नेगरी लिएको समृद्ध नेपाल सुखी नेपाली दीर्घकालिन लक्ष्यलाई हटाइएको भन्दै असन्तुष्टि जनाउनु भयो ।

उहाँले भन्नुभयो,‘मुलुक आगामी १६ औं योजना निर्माणको चरणमा छ । १६ औं योजना निर्माण गर्दा अहिलेसम्म योजनावद्ध विकासका अभ्यास, प्रयासहरु र तिनले दिएका अनुभवहरुको जगमा उभिएर आज र भोलिको आवश्यकतालाई ठिक ढङ्गले पहिचान गरेर योजना निर्माणको काममा सरकार लाग्नुपर्ने हो । तर वर्तमान सरकार र सरकारको मातहतमा बनेको योजना आयोग १६ औं योजनाको निर्माणमा अलमलिएको छ । कुहिराको काग जस्तो भएको छ । उडान भरेको छ तर कता जाने हो थाहा छैन । यो सरकारको नेतृत्वमा रहेको योजना आयोगले कुनै गतिलो राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने,विगतका अनुभवहरुको जगमा उभिएर योजनावद्ध प्रयासलाई सार्थक रुपमा गति दिनेगरी योजना निर्माण गर्छ भनेर आशा गर्नसक्ने अवस्था छैन । हामीसँग पञ्चवर्षीय योजना बनाउने राम्रो अनुभव छ । राम्रो अनुभव अघिल्लो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले निर्माण गरेको योजना आयोग र त्यो योजना आयोगले बनाएको १५ औं योजना धेरै दृष्टिकोणले महत्वपूर्ण छ । नेपालको योजनावद्ध विकासमा डिपाचर थियो । नयाँ दिशाबोध दिएको थियो । विकासका परम्परागत अभ्यासहरुलाई ब्रेक थु्र गरेको थियो । आजको विश्व, क्षेत्रिय र राष्ट्रिय सन्दर्भमा योजनावद्ध विकासका प्रयास कस्ता भएका छन् र हाम्रो अनुभव छ भन्ने समेतको विश्लेषण गरेर अत्यन्तै व्यवस्थित १५ औं योजना अगाडि सारिएको थियो । अहिलेको सरकारले १६ औं योजना निर्माण गरिरहँदा १५ औं योजनाले संस्थागत गरेका निस्कर्षहरुलाई आत्मासाथ गर्ने,आवश्यक विषयलाई निरन्तरता दिने र नयाँ योजना भए सम्बोधन गरी जानुपर्ने हो तर १५ औं योजनाहरुलाई तिरस्कार गर्दै बिर्सन र कुल्चिएर उपेक्षा गर्न चाहेको छ । त्यसका सकारात्मक योगदानहरुलाई निरन्तरता दिने मान्यताबाट विचलित भएको छ । १५ औं योजनाले विकासका सन्दर्भमा जस्ता खालको अभ्यास गरिए रहेको थियो त्यसलाई अहिलको योजना आयोगले रोक्यो । विशेष गरी राष्ट्रिय दीर्घकालिन र आवधिक लक्ष्य निश्चित गरेर संविधान निर्माण गरिसकेपछि देशको आर्थिक समाजिक रुपान्तरण मुद्दा मुख्य हो भन्ने कुरा आएपछि संविधानको मर्म अनुरुपको १५ औं योजना निर्माण भएको थियो । त्यसले समृद्ध नेपाल सुखी नेपाली दीर्घकालिन लक्ष्य निर्धारण गर्‍यो ।’

पूर्वअर्थमन्त्री समेत रहनुभएका पौडेलले योजना आयोगको १६ औं योजना निर्माणको तयारी गतिलो योजना आउने अवस्था नदेखिएको उल्लेख गर्नुभयो । उहाँले १६ औं योजनाले संविधानले नागरिकलाई प्रदान गरेका अधिकारलाई व्यवहारिक रुपमा उपलब्ध कसरी गराउने भन्ने विषयमा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । योजना आयोग १५ औं योजनालाई अस्वीकार गर्ने तर अहिलेको अवस्थाअनुसार नयाँ योजना दिन पनि नसक्ने दुविधामा १६ औं योजनाको तयारी गरिरहेको पौडेलको भनाई छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले १५ औं योजनाले अघि सारेका योजनाहरुलाई निरन्तरता दिँदै थप आवश्यकताहरुलाई पहिचान गरेर आयोगले योजना निर्माण गरिनु पर्ने बताउनु भयोे । उहाँले सरकारले १५ औं योजनाप्रति पूर्वाआग्रह राखेर १६ औं योजना बनाउन नहुने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ राष्ट्रिय योजना आयोगको तयारी हेर्दा १६ औं योजना गतिलो हिसावमा आउने अवस्था छैन । १६ औं योजनाले संविधाने नागरिकलाई प्रदान गरेका अधिकारलाई व्यवहारिक रुपमा उपलब्ध गराउने कसरी भन्ने विषयमा योजनाले प्राथमिकता दिनुपर्ने हो । तर योजना आयोगले यो विषयमा तयारी गरेको पाइदैन । १५ औं योजनालाई अस्वीकार गर्ने र अहिलेको अवस्था अनुसार नयाँ योजना दिन नसक्ने खालको दुविधामा १६ औं जनाको तयारी अगाडि बढेको देखिन्छ । १५ औं योजनाले अघि सारेका योजनाहरुलाई निरन्तरता दिँदै थप आवश्यकताहरुलाई पहिचान गरेर योजना निर्माण गरिनुपर्छ । १५ औं योजनाप्रति आग्रह राखेर १६ औं योजना बनाउनु हुँदैन । समृद्धि नेपाल सुखी नेपालीको नारा एमालेको सरकारले ल्याएपनि यो नारा एमालेको नभएर समग्र नेपालीको साझा नारा हो । अहिले सबैको साझा नारा बनेको छ । यसमा कसैले विमती राख्नुपर्ने विषय छैन । तर अहिलेको सरकार र योजना आयोग समग्र राष्ट्रले ग्रहण गरेको निस्कर्षलाई पनि करेक्शन गर्न चाहेको छ । यस्तो खालको आग्रहबाट माथि उठ्न जरुरी छ । १६ औं योजनामा मानवीय विकासका आवश्यकता केके हुन् भन्ने विषयमा ध्यान दिनुपर्छ । अहिलेको चुनौती र आवश्यक केहो भन्ने बुझ्न जरुरी छ । १६ औं योजनाले शिक्षामा मुलुकको आवश्यकता अनुसार बनाउनुपर्ने छ । सीप विकास,रोजगारी र आत्मनिर्भरताको विकास गर्न सकेको छैनौं । त्यसमा केन्द्रित हुनुपर्छ । लाखौं विद्यार्थी विदेश जाने क्रम रोक्ने कसरी ? नेपाली विद्यार्थीले देशभित्र गुणस्तरीय शिक्षा आर्जन गर्न सकिन्छ भन्ने कुरामा विश्वास आधार निर्माण गर्ने कसरी भन्ने विषयमा योजना केन्द्रित हुनुपर्छ । स्वास्थ्य क्षेत्रमा उपचारको नाममा अर्बौं रुपैयाँ विदेश गइरहेको छ । त्यसलाई रोक्नको लागि मुलुकभित्रै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विकासमा केन्द्रित योजना बन्नुपर्छ ।’

उपाध्यक्ष पौडेलले समृद्धि नेपाल सुखी नेपालीको नारा एमालेको सरकारले ल्याएपनि समग्र नेपालीको साझा नारा भएको दाबी गर्नुभयो । उहाँले समृद्धि नेपाल सुखी नेपालीको नारामा कसैले विमती राख्नुपर्ने विषय नभएको बताउनु भयो। उहाँले अहिलेको सरकार र योजना आयोग समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्यलाई करेक्शन गर्न चाहेको दाबी गर्नुभयो । उहाँले १६ औं योजनामा मानवीय विकासका आवश्यकताका विषयमा बढी ध्यान दिन सुझाव दिनुभयो । उहाँले १६ औं योजनाले शिक्षालाई मुलुकको आवश्यकताअनुसार बनाउने गरी योजना निर्माण गरी सीप विकास,रोजगारी र आत्मनिर्भरताको विकास गर्नेमा केन्द्रित हुनुपर्ने बताउनु भयो। उहाँले विद्यार्थीले देशभित्र गुणस्तरीय शिक्षा आर्जन गर्न सकिन्छ भन्ने विषयमा विश्वासको आधार निर्माण गर्नेमा योजना केन्द्रित हुनुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल