• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

टोरेसको ह्याट्रिकमा बार्सिलोना विजयी



एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई उसकै घरेलु मैदानमा ४-२ गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन फेरान टोरेसले तीन तथा जोआओ फेलिक्सले एक गोल गरे । बेटिसका लागि दुबै गोल इस्कोले गरेपनि टोलीको हार टार्न सकेनन् । खेलको २१ औं मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

४८ औं मिनेटमा उनले थप गोल गर्दै बार्सिलोनालाई अग्रता दोब्बर पारे । ५६ औं मिनेटमा इस्कोले गोल गर्दै बेटिसलाई खेलमा फर्काए । यस्तै, त्यसको तीन मिनेटपछि पुनः इस्कोले गोल गर्दै बेटिसलाई २-२ गोलको बराबरीमा ल्याए ।

तर, बार्सिलोनाले अन्तिम समयतिर दुई गोल ठोक्यो । फेलिक्सले ९० औं मिनेटमा गोल गर्दा इन्जुरी समयमा टोरेसले गोल गर्दै ह्याट्रिक पूरा गरे ।

यो नतिजासँगै बार्सिलोना २० खेलबाट ४४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । बेटिस २१ खेलबाट ३१ अंकका साथ नवौं स्थानमा छ ।