२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्र पुरानै लयमा: नेता कार्की



अ+ अ-

किमाथाङ्क । पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्रले गति लिइसकेको बताउनुभएको छ । प्रेस युनियन सङ्खुवासभाले खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्कीले कोरोनापछि तहसनहस भएको अर्थतन्त्र लयमा फर्किसकेको जिकिर गर्नुभयो ।

अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक भएकाले यसलाई गति दिन साधन, स्रोत र सम्भावनालाई केन्द्रमा राखेर सरकारले अर्थतन्त्रलाई अग्रसर गरिरहेको उहाँको भनाइ थियो ।

“मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) नेपाललाई प्राप्त भएको सहायता हो”, नेता कार्कीले भन्नुभयो, “एमसिसी अन्तर्गत निर्माण हुने आयोजना पाँच वर्षमा सम्पन्न गर्नुपर्छ, विद्युत्को क्षेत्रमा एमसीसी कोसेढुङ्गा साबित हुनेछ ।” व्यापार घाटालाई न्यूनीकरण गर्न र देशलाई समृद्ध गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने कार्कीको भनाइ थियो ।

सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजनाले देशको अर्थतन्त्रमा टेवा पुग्ने बताउँदै उहाँले यस आयोजनाबाट सबैभन्दा पहिला जिल्लाबासीले लाभ लिनुपर्ने धारणा राख्नुभयो ।

फरक प्रसङ्गमा बोल्दै कांग्रेस नेता कार्कीले राष्ट्रियसभा सदस्य निर्वाचनमा सबै सिटमा गठबन्धनमा उम्मेदवार विजयी हुने पनि दाबी गर्नुभयो । सत्तागठबन्धनले १९ वटा नै सिटमा उम्मेदवारी दिएको र सबै सिटमा सहजरूपमा जित्ने उहाँको जिकिर थियो ।

नेता कार्कीले संविधान जारी गर्न र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने कृष्णप्रसाद सिटौलाले खेलेको महत्वपूर्ण भूमिकालाई हेरेर राष्ट्रियसभा सदस्य पदमा उम्मेदवार बनाइएको उहाँको तर्क थियो ।

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नेता कार्की कार्यकर्तासँग भेटघाट गर्न कोशी प्रदेशका सोलुखम्बु, खोटाङ, भोजपुर जिल्ला हुँदै सङ्खुवासभा आइपुग्नुभएको हो । रासस