१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू-१९ विश्वकपमा भारतको विजयी सुरुवात



अ+ अ-

एजेन्सी । यू-१९ विश्वकप २०२४ मा, भारतीय टोलीले विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा भारतले बंगलादेशलाई ८४ रनले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर २५१ रन बनाएको थियो । जवाफमा बंगलादेश ४५.५ ओभरमा १६७ रनमै सीमित भयो ।

भारतले दिएको २५२ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले राम्रो सुरुवात गरेको थियो । आशिकुर रहमान शिबली र जिशान आलमले पहिलो विकेटका लागि ३८ रन जोडे । शिबलीलाई सौम्य पाण्डेले आउट गरे । उनी १४ रन बनाएर प्याभिलियन फर्किए ।

जिशानलाई राज लिम्बानीले १४ रनमा प्याभिलियनको बाटो देखाएका थिए । चौधरी मोहम्मद रिजवानले खाता पनि खोल्न सकेनन् र सौम्य पाण्डेको शिकार बने ।

अरिफुल इस्लाम (४१) र मोहम्मद शिहाब जेम्स (५४) बीच ११८ बलमा ७७ रनको साझेदारी भयो । मुशीर खानले इस्लाम र सिहाब जेम्सलाई आउट गर्दै भारतको जित सहज बनाए । यी दुई आउट भएपछि बंगलादेशका कुनै पनि ब्याट्सम्यान पिचमा लामो समय टिक्न सकेनन् । भारतका लागि सौम्य पाण्डेले ९.५ ओभरमा २४ रन दिएर ४ विकेट लिए । मुशीर खानले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङमा आएको भारतीय टोलीले खराब प्रदर्शन गरेको थियो । १७ रनको स्कोरमा भारतलाई पहिलो झटका लाग्यो । ३१ रन पुग्दा भारतले २ विकेट गुमाएको थियो । कप्तान उदय सहारन (६४) र अर्शिन कुलकर्णी (७६) बीच १४४ बलमा ११६ रनको महत्वपूर्ण साझेदारी थियो ।

प्रियांशु र अरावेल्ली अवनीशले २३–२३ रनको योगदान दिए । सचिन दासको अविजित २६ रनको इनिङले टोलीको स्कोर २५० भन्दा माथि पुर्यायो । बंगलादेशका लागि मारुफ मृधाले ८ ओभरमा ४३ रन दिएर ५ विकेट लिए ।