१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

योगेश वैद्यप्रति संगीतकर्मीको श्रद्धाञ्जली: सपना भुलाई सारा गीत सहित (भिडियोसहित)



अ+ अ-

काठमाडौं । गायक तथा संगीतकार योगेश वैद्यलाई संगीतकर्मीले अन्तिम श्रद्धाञ्जली दिएका छन् । वैद्यको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो ।

सोहि स्थानमा वैद्यकै स्वर , शिव अधिकारी को शब्द , नातिकाजीको सङ्गीत रहेको गीत सपना भुलाई साराबाट साङ्गीतिक सम्मान कलाकारहरुले गित गाएको संगीतकार चेतन सापकोटाले जानकारी दिनुभयो ।

नेपाल संगीतकार संघले आयोजना गरेको श्रद्धाञ्जली सभामा संगीतकर्मीले नेपाली संगीतमा वैद्यले पुर्‍याएको योगदानको स्मरण गरे । कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, संगीतकारहरु चेतन सापकोटा, बसन्त सापकोटा, महेश खड्का, मिलन मोक्तान लगायतले वैद्यप्रति श्रद्धाञ्जली व्यक्त गरे ।