• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल जारी ★   नेपाली काँग्रेस संसदलाई मुठभेडमा लैजान चाहन्छः एमाले ★   भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछः प्रधानमन्त्री ★   राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीलाई काँग्रेस नेता कोईरालाको प्रश्नः कति पटक विश्वासको मत लिनुहुन्छ ? ★   आईपीएलमा आजः को पुग्ला प्लेअफमा, चेन्नई कि बैंगलोर ? ★   सडकमा एक्लै घुम्न चाहन्छन् कोहली, तर फ्यानहरुले घेर्छन् भनेर डरले… ★   बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै ★   एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि… ★   संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

‘बलिदान’मा जोडिए लोकप्रिय गायक सुजन चापागाईँ र उनको टिम



काठमाडौँ।सुपरहिट गीतहरू ‘तीन पाते’, ‘फूलथुंगे रानी’, ‘लजाएर’ ‘गाला पुक्क’, ‘घुमी घुमी’ ‘मिलेको जीउ छिनेको कम्मर’, ‘बाफ’ लगायतका गायक सुजन चापागाईँ चलचित्र ‘बलिदान’मा जोडिएका छन् ।

सुजनसँगै उनको साङ्गीतिक संस्था आर्टमान्डु टिमका सदस्यहरू गीतकार हर्क साउद र निर्देशक नवीन चौहान पनि ‘बलिदान’मा आबद्ध भएका छन् । चलचित्रका गीत तथा ब्याकराउण्ड म्युजिकमा यो टिमले नेतृत्व गरी काम गर्नेछ । हर्कले गीत रचना गर्नेछन्, सुजनले गीतमा सङ्गीत तथा स्वर र ब्याकराउण्ड म्युजिक तयार गर्नेछन् भने नवीनले टिम व्यवस्थापन गर्नेछन् ।

नेपाली चलचित्रमा सम्भवत: पहिलो पटक यसरी एक टिमलाई नै सङ्गीतको जिम्मेवारी दिइएको हो । यसअघि सुजनले केही चलचित्रको लागि फुटकर गीतहरूमा आवाज दिएता पनि पहिलो पटक सबै जिम्मेवारी लिएका हुन् ।

दर्शक तथा श्रोताका लोकप्रिय गायक तथा सङ्गीतकारलाई चलचित्रमा आबद्ध गराउन निर्माता तथा निर्देशक सन्तोष सेनले लामो समयदेखि छलफल गरिरहेका थिए । टिमको आबद्धतासँगै हाल गीत सङ्गीतको विषयमा कार्यशाला भइरहेको छ । निर्देशक सेनले चलचित्रको कथा र मर्म अनुसारका गीत उत्पादन गर्नको लागि केही दिन छलफलमा रहने जानकारी दिए ।

सन्तोषको मेघा प्रोजेक्टको रूपमा रहेको ‘बलिदान’को टिजर छायाङ्कन अगावै रिलिज भई व्यापक चर्चामा रहेको छ । सम्भवत: नेपाली चलचित्रको इतिहासमा नै पहिलो पटक प्री-प्रडक्शनमा रहँदा नै टिजर रिलिज भएको हो । आसुसेन फिल्म्सको ब्यानरमा बन्न लागेको यस चलचित्रमा कलाकारहरूको विषयमा भने केही खुलासा गरिएको छैन ।

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले बताएका छन् । यो चलचित्रलाई एक सार्वभौम महाकथा भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिद्ध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए ।

आसुसेन प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्र बहादुर चन्द, प्रेम पुरी लगायत रहेका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवम् साधक दर्शन जीको लेखन रहने यस चलचित्रको ‘स्क्रिप्ट डक्टर’को रूपमा मनोज पण्डित रहेका छन् ।