१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुस्त रहेका योजनालाई छिटो सम्पन्न गर्न दबाब यात्रा: रास्वपा



फाइल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले दबाब यात्राले सुस्त रहेका योजनालाई छिटो काम सम्पन्न गर्न दबाब सिर्जना गर्ने स्पष्ट पारेको छ ।

बुधवार रातिसम्म चलेको केन्द्रिय समितिको बैठकले देशभरका विभिन्न २७ वटा निर्माणधिन विकास विकास आयोजनामा दबाब यात्रा गर्ने निर्णय गरेको हो ।

जनतासँग प्रत्यक्ष जोडिएका आयोजनाको निर्माण कार्यलाई गति दिन दबाब यात्राले सहयोग पुग्ने बताइएको छ । बिहीवार काठमाडौंमा पार्टीका सहप्रवक्ता कविन्द्र बुर्लाकोटीले राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीयदेखि संघीय संरचनामा प्रतिपक्षीको भुमिकामा रहेकाले विकास निर्माणको कामको अनुगमन र दबाब दिन परेको बताउनु भयो ।

स्थानीय जनता, सरोकारवाला, स्थानीय पत्रकारहरुसहित आयोजनास्थलमा गएर दबाब दिने कार्यक्रम रहेको बताउनु भयो । आयोजना स्थलमा निर्माण व्यवसायी, आयोजना प्रमुखसँग बसेर आयोजना निर्माणको गति बढाउन अन्तरक्रिया सहजीकरण गर्ने योजना रहेको प्रवक्ता बुर्लाकोटीले बताउनु भयो । दबाब यात्रा शुरु गर्ने टोली र समयबारे अर्को बैठकले निर्णय गर्नै सहप्रवक्ता बुर्लाकोटीले बताउनु भयो ।

रास्वपाले टनकपुर रिङरोडदेखि रवि राँके सडकसम्म २७ वटा आयोजनामा दबाब यात्रा गर्ने निर्णय गरेको छ ।