८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

28.27°C

काठमाडौं

28.27°C

Kathmandu

Feels-like: 28.06

Wind: 4.63

Humidity: 42

Latest
सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता कूल निर्यातमा भटमास तेलको हिस्सा एक तिहाई, नौ महिनामा साढे ६२ अर्ब भन्दा बढीको निर्यात शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा समुन्द्रमा चल्ने पानी जहाजमा लागू हुने नियम आन्तरिक जलमार्गमा पनि लागू हुन्छ: मन्त्री दाहाल दानव नदीमा डुबेर तीन बालक बेपत्ता तीनकुने घटनामा संलग्न रहेको आरोपमा थप एक पक्राउ नैतिक पतन देखिने मुद्दामा दोषी देखिए पेन्सन दिनु हुँदैन भन्नेमा छौँः सभापति खतिवडा सुशासन र विकास सरकारको मुख्य प्राथमिकता छः प्रधानमन्त्री विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नुपर्ने महासंघ अध्यक्ष ढकालको जोड अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरुलाई प्रधानमन्त्रीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार तरकारी बारीको बुख्याचा जस्तो छ: ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार निकम्मा रहेको बताएका छन् । बिहिबार एमालेनिकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

ओलीले गठबन्धनमा रहेका दल र नेताहरूको घाटी मात्रै नभएर सिङ्गै शरीर पनि जोडिएको बताए । उनले ८४ सालमा एमालेविरोधीहरू एक्लै भिड्न नसक्ने दाबि गरे । ओलीले भने, ‘ यो सरकार तरकारी बारीको बुख्याचाजस्तो छ । केही गर्ने होइन । अहिले त त्यसका टाउकामा सुँगा पनि बस्छ, काग पनि । सबैले चिनिसके यो बुख्याचा हो केही गर्न सक्दैन भन्ने । बुख्याचामात्रै हाइन निकम्मा पनि छ ।’

उनले सरकार भ्रष्टाचार, तस्करी, कममिसनखोरीको संरक्षक बनेको बताउदै विरोधीहरूले जुनसुकै बेलामा पनि प्रहार गर्नसक्ने आशंका व्यक्त गरे । उनले यस्तै अवस्था रहिरहे मिसन ०८४ भनेर पर्खिन नसक्ने स्थिति आउनसक्ने बताए । उनले भने, ‘ देश बर्बाद हुन लाग्यो भने कहाँ ८४ को चुनाव भनेर पर्खेर बसेर हुन्छ । उस्तै परे हामीले गठबन्धन भत्काएर, यो लोभीपापीहरू नभत्किन सक्छन् । यीनिहरूको घाँटी एकैठाउँमा जोडिएको छ । त्यसैले हामीले जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने आवश्यक छ । त्यसअघि हामीले आफूलाई संगठित गर्नुपर्छ ।’

एमालेले एक्लै लड्दा पनि ८० सीट ल्याएको बताउदै उनले गठबन्धनका दलहरू एक्ला एक्लै लडे बेहाल हुने बताए ।