• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

रैथाने बालीलाई बढी उत्पादनशील बनाउन आवश्यक: मन्त्री भुसाल



file photo

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले रैथाने बालीलाई बढी उत्पादनील बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार ललितपुरमा आयोजित दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रैथाने बाली र पशुपंक्षीहरुको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले रैथाने बालीहरुको संरक्षण गर्न नसके निश्चित क्षेत्रमा राखेर संरक्षण गर्न जरुरी रहेको बताउनु भयो । उहाँले उत्पादन बढी गर्ने बीउको प्रयोग गर्न नसके खाद्यान्न संकट निम्तिने बताउनु भयो । उहाँले खाद्य संकट र रैथाने बालीको संकटको समाधान गर्नुपर्ने बेला आइसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वातावरणीय परिवर्तनसँगै धेरै खालका जीवजन्तु र वनस्पतिहरुको जीवनलिला समाप्त भएको छ । अहिले पनि हाम्रो जलवायु परिवर्तन त व्यापक रुपमा हुँदै गइरहेको छ । यस्तो परिस्थितिमा सबै बाँच्छन् भन्न सकिँदैन । भुगोलमा वस्तुगत अस्तित्वमा । तर कम से कम लिपिवद्ध गरेर राख्ने हो भने त्यो लेखनमा त बाँच्छ नि । हामीले जैविक विविधताको चर्चा गरिरहेका छौँ । एकातर्फ हामीले रैथाने बालीको संरक्षण गर्नुपर्ने छ । हाम्रा परम्परादेखि प्रयोग भएर आएका रैथाने बाली, पशुपंक्षीहरुको संरक्षण पनि गर्नुपर्ने छ ।’

‘साथै हाम्रा चुनौति उत्पादन वृद्धि गर्नुपर्नेछ । हामीले तिनै रैथाने बालीबाट हामीलाई चाहिने जति उत्पादन गर्नसक्छौँ की सक्दैनौँ ? यो एउटा गम्भीर प्रश्न हाम्रासामु छ । रैथाने बालीलाई बढी उत्पादक बनाउन सकिन्छ की सकिँदैन । यिनीहरुलाई बढी उत्पादनशील बनाउन सकियो भने त हामीले अर्को बीउ खोज्न परेन । उत्पादनमा वृद्धि गर्न नसक्ने हो भने यिनीहरुको संरक्षण निश्चित क्षेत्रमा राखेर गरौँ । उत्पादन बढी गर्न अर्को बढी उत्पादनशील बीउको प्रयोग गर्नैपर्छ । नत्र भने खाद्यान्नमा संकटमा जाँदैछौँ । एकातिर रैथाने जैविक विविधता संकटमा परे भन्दैछौँ । अर्कोतर्फ खाद्य संकटमा परेका छौँ । खाद्य संकट र यिनीहरुको संकटको पनि समाधान गर्नुपर्नेछ ।’

मन्त्री भुसालले रासयनिक मलको प्रयोग घटाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताउनु भयो ।