२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री कार्कीको सम्पत्ति: २५ तोला सुन र ८ लाख ब्यालेन्स, १ करोड ८ लाख ऋण



file photo
अ+ अ-

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कार्कीको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

सम्पति विवरणमा कार्कीले बुढीगंगामा घर बाहेक तीन वटा घडेरी रहेको उल्लेख गरेका छन् । उनले घर र सबै जग्गा श्रीमती शान्तादेवी बस्नेतको नाममा रहेको छ । उनले उक्त घरजग्गा पैत्रिक सम्पत्ति बेचबिखन तथा जागिरबाट आर्जन गरेको बताएका छन् । उनले बूढीगंगा-२ ‘क’मा पौने ९ धुर, बूढीगंगा-२ ‘क’मै सवा ११ धुर र बूढीगंगा-८ ‘ख’मा ३ कट्ठा जग्गा जागिर, बोनस, कर्जा र सापटीबाट किनेको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री कार्की परिवारसँग विवाह, उपहार तथा खरिदबाट प्राप्त भएको २५ तोला सुन र ८० तोला चाँदी रहेको विवरणमा उल्लेख छ । उनीहरुको नाममा विभिन्न बैंकमा लगभग ८ लाख नगद रहेको छ । मुख्यमन्त्री कार्कीको नाममा कृषि विकास बैंकमा २० हजार ८३ रूपैयाँ ९० पैसा, उनकी श्रीमतीको नाममा कृषि विकास बैंकमा ८२ हजार ५७८ रूपैयाँ ४४ पैसा र एभरेष्ट बैंकमा ३ हजार ६ सय ६० रुपैयाँ छ । छोराहरु साकेत कार्कीको नाममा कृषि विकास बैंकमा ३ लाख ४८ हजार ५८४ र शाब्दिक कार्कीको नाममा ३ लाख ३९ हजार ८३६ रूपैयाँ ६९ पैसा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै, ५२ वटा बैंक तथा वित्तीय संस्था तथा कम्पनीको शेयर मुख्यमन्त्री कार्की, उनकी श्रीमती र छोराहरुको नाममा रहेको छ । कार्कीले १ करोड ८ लाख २ हजार ऋण देखाएका छन् । जसमा उनले ८ लाख ७० हजार मात्रै भुक्तानी गरेका छन् ।