१९ भाद्र २०८३, शुक्रबार
,
Latest
त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २०२३ मा चीनको शहरी क्षेत्रको बेरोजगारी दर ५.२ प्रतिशत कायम



अ+ अ-

बेइजिङ । चीनमा सन् २०२३ मा शहरी बेरोजगारी दर औसतमा ५.२ प्रतिशत रहेको छ । यो दर सन् २०२२ को तुलनामा ०.४ प्रतिशत कम हो ।

राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस) बुधबार जारी प्रतिवेदनमा रोजगारीको अवस्था सामान्यतया स्थिर रहेको जनाएको छ ।

सर्वेक्षण गरिएको शहरी बेरोजगारी दर सन् २०२३ को डिसेम्बरमा ५.१ प्रतिशत रहेको र चीनका ३१ प्रमुख शहरको यो आँकडा पाँच प्रतिशत रहेको एनबीएसले जनाएको छ ।

चीनको ग्रामीण आप्रवासी कामदारहरूको कूल सङ्ख्या अघिल्लो वर्षको तुलनामा १९ लाख १० हजार बढेर सन् २०२३ मा २९ करोड ७५ लाख ३० हजार पुगेको छ । उनीहरूको औसत मासिक आय एक वर्ष पहिलेको तुलनामा ३।६ प्रतिशतले बढेर चार हजार ७८० युआन (झण्डै ६७२ अमेरिकी डलर) पुगेको छ ।

विद्यार्थीबाहेक १६ देखि २४, २५ देखि २९ र ३० देखि ५९ वर्ष उमेर समूहका नागरिकको बेरोजगारी दर क्रमश: १४.९ प्रतिशत, ६.१ प्रतिशत र ३।९ प्रतिशत रहेको छ ।

एनबीएसका प्रमुख काङ यीले भन्नुभयो, “विभागले १६–२४ उमेर समूहमा बेरोजगारी सर्वेक्षण गर्दा विद्यार्थीलाई समावेश गरेको छैन भने २५–२९ उमेर समूहको युवाहरूको बेरोजगारी स्थितिलाई ‘अझ सही र पूर्ण रूपमा’ प्रतिबिम्बित गर्न शुद्ध विद्यार्थीहरूको सङ्ख्यालाई कटौती गरेको छ ।

उहाँका अनुसार गत वर्ष १६ देखि २४ वर्ष उमेर समूहका ६० प्रतिशतभन्दा बढी विद्यार्थी शहरी क्षेत्रका बासिन्दा थिए ।

नयाँ थपिएका २५ देखि २९ वर्ष उमेर समूहका लागि बेरोजगारीको तथ्याङ्कले स्नातक पछिका वर्षहरूमा युवाहरूका लागि रोजगारीको वातावरणलाई सङ्केत गर्न सक्छ, काङले भन्नुभयो ।

एनबीएसले मासिक आधारमा विद्यार्थीबाहेकको १६–२४, २५–२९ र ३०–५९ उमेर समूहको बेरोजगारी दर सार्वजनिक गर्ने गर्छ ।