• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा



file photo

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा आएका छन् । रिग्द्धी, खोर र भोर्ले खोलामा निर्माण सम्पन्न भएका पुल आजदेखि सञ्चालनमा आएका हुन् । यससँगै तीनवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिनुभयो । उहाँले पुलमा एक तह कालोपत्रको काम बाँकी रहे पनि गाडी गुड्न थालेको बताउनुभयो ।

आचार्यका अनुसार सडकखण्डका १२ पुल सञ्चालनमा आइसकेका छन् । १९ पुलमध्ये पहिलो चरणमा चार पुल निर्माण भएका हुन् । पछिल्लो प्याकेजका १५ पुलमध्ये आठवटा पुल निर्माण सम्पन्न भएका छन् । थप चार पुल दुई महिनाभित्र निर्माण सम्पन्न हुने आचार्यले जानकारी दिनुभयो । सडकखण्डको भरतपुर महानगरपालिकामा रहेका सबै पुल चैतभित्र निर्माण सम्पन्न हुनेछन् । यो प्याकेजको अन्तिम म्याद चैत मसान्तसम्म रहेको आयोजना इन्जिनीयर विजय दराईले जानकारी दिनुभयो । आठ पुलमध्ये तीन पुल निर्माणको काम बाँकी छ । जुगेडी, खहरे र सिमलतालको पुल दुई महिनाभित्र निर्माण सम्पन्न हुने दराईले बताउनुभयो ।

इच्छाकामनातर्फको पुल निर्माणका लागि एक वर्षको म्याद छ । सात पुलमध्ये दुई पुल सञ्चालनमा आइसकेका छन् । दुई पुलबाहेक सबै असारसम्ममा निर्माण सम्पन्न हुने गरी काम भइरहेको दराईले बताउनुभयो । खहरे खोलाको पुल निर्माणको काम भइरहेको छभने तुइन खोलामा अहिले पुल निर्माणका लागि दिउँसोको समयमा सडक बन्द गरेर पहाड फोर्ने काम भइरहेको छ । अहिलेसम्म १५ मिटर पहाड काटिसकिएको छ । थपिएको समयमा अधिकांश काम सक्नेगरी काम भइरहेको आयोजनाले जनाएको छ ।

यस सडकखण्डमा २०७६ साल चैतदेखि १५ पुल निर्माणको जिम्मा अनक कन्स्ट्रक्सनले लिएको थियो । विश्व बैङ्कको सहयोगमा पुल निर्माण गरिएका हुन् । यो सडक हुँदै दैनिक १० हजार हाराहारी सवारी साधन आवागमन हुने गर्छ । तराईबाट राजधानी प्रवेश र बाहिरिने यो मुख्य सडक हो । केही वर्षअघि सडक विस्तार गरिएपछि पुल फराकिलो बनाइएको हो । रासस