८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

चिया र अलैँची अनुसन्धान केन्द्रको काम अघि बढ्यो

चिया र अलैँची अनुसन्धान केन्द्रको काम अघि बढ्यो
फाईल फोटो
अ अ+ अ-

मङ्गलबारे (इलाम) । इलाममा एकसाथ चिया र अलैँचीको अनुसन्धानका लागि चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना हुने भएको छ । चिया र अलैँचीको उर्वरभूमि इलाममा यसको अनुसन्धान केन्द्र स्थापना हुने भएको हो । यसले चिया र अलैँचीको उत्पादन र गुणस्तर वृद्धिमा सहयोग पुग्ने छ ।

इलाम नगरपालिका–१ साँखेजुङका तीनजना दाहाल बन्धुहरूले यसका लागि नि:शुल्क जग्गादान गर्नुभएको छ । राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धान केन्द्र स्थापना हुने भएको हो । जसका लागि जग्गा व्यवस्थापनको काम इलाम नगरपालिकाले गरिरहेको छ । इलाममा चिया उत्पादन हुन थालेको करिब एक सय ६० वर्षपछि चिया अनुसन्धानका लागि केन्द्र स्थापना हुने भएको हो । यसले जिल्लाका किसानमा खुसी छाएको छ । जग्गा प्राप्तिसँगै कार्यालय स्थापनाको काम सुरु भएको छ । जसमा पहिलो चरणमा भवन निर्माणका लागि १३ रोपनी क्षेत्रफललाई सम्याइएको छ । सो स्थानमा भवन निर्माणका लागि ठेक्का समेत लागिसकेको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताउनुभयो । चिया प्रशोधनतर्फ रु २० लाखबराबरको रकमबाट काम भइरहेको छ ।

अनुसन्धान केन्द्रका लागि इलाम नगरपालिका–१ स्थित साँखेजुङमा ४२ रोपनी जग्गा व्यवस्थापन गरिएको छ । स्थानीय रेतनाथ दाहालले १३ रेपनी०, मित्र दाहालले १४ रोपनी तथा  देवी दाहालले १५ रोपनी जग्गा हस्तान्तरण गरेको इलाम नगरपालिका–४ का वडाध्यक्ष तथा इलाम नगरपालिका प्रवक्ता नुतनदेव दुलालले जानकारी दिनुभयो ।

पहिलो चरणमा पर्खालका लागि तारबार र कार्यालय भवन निर्माण गरिने छ । अनुसन्धान केन्द्रका लागि एक सय रोपनीभन्दा बढी जमिन आवश्यक पर्ने बताइएको छ । बयालीस रोपनी जग्गा प्राप्त भइसकेको र अब थप ५२ रोपनी जग्गा आवश्यकता छ । अन्य जग्गादाताले अनुसन्धान केन्द्रका लागि आवश्यक पर्ने जमिनसमेत उपलव्ध गराउन पहल भइरहेको प्रवक्ता दुलालको भनाइ छ ।

इलाममा धेरै किसान चियामा आत्मनिर्भर छन् । उत्तिकै सङ्ख्यामा अलैँची किसानसमेत छन् । विदेशी मुद्रा आजर्न गर्ने नगदेबालीमा पर्ने अलैँची र चियाको विकासका लागि एकैसाथ काम भइरहेको इलाम नगरपालिकाका प्रमुख थापाको भनाइ छ । नगरपालिकाले कृषिलाई प्राथमिकतामा दिएअनुसार नै केन्द्र स्थापना गर्न लागिएको हो ।

महँगो मूल्यमा अलैँची बिक्री भए पनि अलैँची मासिने क्रम नरोकिएकाले यसको खेती गर्ने किसानको सङ्ख्यामा कमी हुँदै गएको छ । अलैँचीको अनुसन्धानसमेत यहीँ गरिने भएपछि अब यससँग सम्बन्धित किसानको सङ्ख्या बढ्ने अपेक्षा छ । विसं १९२० मा चिया रोप्न सुरु गरिएको इलाममा सरकारले अनुसन्धान केन्द्र स्थापना गर्न लागेको हो । केन्द्र स्थापना हुने भएपछि यहाँका किसानमा उत्साह थपिएको छ ।

चिया किसान किशोर खतिवडाले केन्द्र स्थापनापछि बीचबीचमा चियामा लाग्ने स–साना रोगको पहिचान हुने र उत्पादन बढाउन किसानलाई सहज हुने बताउनुभयो । उहाँले हाल चिया प्राविधिकसमेत सिकिरहेको बताउनुभयो । यसले प्राविधिकलाई थप दक्ष बनाउन मद्दत मिल्ने छ । अलैँची र चियामा लागि उत्पादनका हिसाबले इलाम महत्त्वपूर्ण र उर्वरभूमि मानिन्छ । इलाममा अनुसन्धान केन्द्र स्थापना पनि नेपाली चिया र अलैँचीको अनुसन्धान गर्न चाहनेका लागि सहज हुनेछ । स्वदेश र विदेशमा रहेका चिया अध्ययन, अवलोकन र अनुसन्धान गर्नेसमेत आउने हुँदा जिल्लामा पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा छ । रासस