५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसलाई नियन्त्रणमा राख्न अमेरिकाले युक्रेनलाई ‘हतियार’का रूपमा प्रयोग गरिरहेको छ– पुटिन



अ+ अ-

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूले युक्रेनमा मस्कोको सुरक्षा चिन्तालाई बेवास्ता गरेको आरोप लगाएका छन् । 

साथै उनले दुई पक्षले तीव्र गतिरोधको समाधानका लागि वार्ता गर्न सक्षम हुने आशा गरेका छन्।

मङ्गलबार मस्कोमा पुटिनले क्रेमलिनले युक्रेनलाई पश्चिमी सुरक्षा गठबन्धनबाट बाहिर राख्नेलगायत रूसले प्रस्तुत गरेका मागहरूको लागि अमेरिका र नेटोको प्रतिक्रियाको अध्ययन गरिरहेको छ बताए । यद्यपि तर जवाफहरू पर्याप्त नभएको उनको भनाइ थियो । 

“यो पहिले नै स्पष्ट छ कि रुसका आधारभूत चिन्ताहरूलाई बेवास्ता गरिएको छ”, हङ्गेरीका प्रधानमन्त्रीसँगको पत्रकार सम्मेलनमा पुटिनले भने ।

अमेरिकाले युक्रेनको सुरक्षाबरेमा चिन्तित रहेको भन्दै रूसलाई नियन्त्रण गर्ने प्रयासमा पूर्व सोभियत देश युक्रेनलाई ‘हतियार’का रूपमा प्रयोग गरिरहेको पुटिनले बताए।

तैपनि रुसको सुरक्षा चासोलगायत सबै पक्षको हितलाई ध्यानमा राखेर सङ्कटको अन्त्य गर्न सकिने उनले तर्क गरे। 

“मलाई आशा छ कि हामीले अन्ततः समाधान खोज्नेछौँ, यद्यपि हामीले यो सजिलो हुने छैन भनेर बुझेका छौँ”, उनले भने।

यो रुस र पश्चिमबीचको तनावले शीतयुद्धको अन्त्यपछि नदेखेको स्तरमा पुग्ने तनावको परिणाम हो।

रसियाले युक्रेनसँगको आफ्नो सिमाना नजिकै एक लाखभन्दा बढी सेना जम्मा गरेको छ । यसले पश्चिमी नेताहरूलाई मस्कोलाई आफ्नो छिमेकीमाथि आक्रमणको तयारी गरेको आरोप लगाउन र आक्रमण गरे गम्भीर परिणामहरूको चेतावनी दिन प्रेरित गरेको छ।

रुसले आक्रमण गर्ने कुनै योजना नभएको दाबी गरेको छ र यसको सट्टा तनाव कम गर्ने प्रस्ताव राखेको छ।

रुसले नेटोलाई युक्रेन र अन्य पूर्वसोभियत राष्ट्रमा विस्तार नगर्न माग गर्नुका साथै अमेरिका र नेटोलाई रुसनजिक आपत्तिजनक हतियार तैनाथ नगर्न र पूर्वी युरोपमा आफ्नो तैनाथी फिर्ता लिन आग्रह गरेको छ ।

यद्यपि अमेरिका र यसका सहयोगीहरूले युक्रेनलाई अन्य राष्ट्र जस्तै गठबन्धन छनौट गर्ने अधिकार रहेको बताएका छन् । यद्यपि युक्रेन अहिले नेटोको सदस्य भएको छैन र छिट्टै सामेल हुने सम्भावना पनि छैन। एजेन्सी