• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

महेश त्रिपाठी अभिनित चलचित्र ‘खजुरे ब्रो’बाट नीति शाहले अभिनयमा डेब्यु गर्दै



काठमाडौँ । मोडल नीति शाहले फिल्म अभिनयमा डेब्यु गरेकी छन् । ‘मिस इन्टरनेशनल नेपाल २०१७’ विजेता समेत रहेकी शाहले फिल्म ‘खजुरे ब्रो’बाट अभिनयमा डेब्यु गरेकी हुन् ।

शाहले अभिनय गर्ने भनिएका चलचित्रहरू ‘हुतुतु’, ‘एक्स ९’, ‘कामिनो’ र ‘रावायण’ नबनेपछि उनी अब अर्को चलचित्रमा काम गर्ने भएकी छन् ।

दुई हप्ताअघि नै यस चलचित्रमा अनुबन्ध भएर उनी शुक्रबारबाट छायाङ्कनमा समेत जोडिइसकेकी छन् । यो फिल्मको छायांकन ३ दिनदेखि काठमाडौंमा जारी छ । निर्माणपक्षले भने माघे सङ्क्रान्तिको अवसर पारेर भोलि मात्र यसको शुभ साइत गर्दैछ । फिल्मको छायांकन नै सुरु भइसकेकाले नीतिलाई ठूलो राहत मिलेको छ ।

फिल्ममा नीतिको साथमा रेयर राई, महेश त्रिपाठी, नवीन मानन्धरको अभिनय छ । फिल्मलाई सुरज सुनुवारले निर्देशन गरिरहेका छन् । फिल्ममा नवीन मानन्धर र सुरज सुनुवारको लगानी छ । शीर्षकले नै ‘खजुरे ब्रो’ कमेडी कथावस्तुमा निर्माण हुने संकेत गर्छ ।