२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाह्र लाख मूल्य बराबरको काठ बरामत



अ+ अ-

राजविराज । सप्तरीबाट सशस्त्र प्रहरीले रू १२ लाख बराबरको काठसहित एक पिकअप गाडीलाई आज नियन्त्रणमा लिएको छ । भारदहस्थित कोशी ब्यारेजबाट खटिएको सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस क्याम्पको प्रहरी टोलीले काठसहित सो गाडी नियन्त्रणमा लिएको हो ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको प्र २–०१–००१च ०२६० नं को बोलेरो पिकअप गाडीलाई नियन्त्रणमा लिइएको सप्तरीस्थित सशस्त्र प्रहरी बल, नेपाल नं ६ गणका सूचना अधिकृत तथा सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज विष्टले जानकारी दिनुभयो ।

गाडीमा बिनाबिलविजक लोड गरिएको २६ दशमलब ६६ क्यूविक फिट काठ बरामद गरिएको र नियन्त्रणमा लिइएको काठ तथा सवारीसाधनलाई सव डिभिजन वन कार्यालयमा बुझाइएको उहाँको भनाइ थियो । रासस