• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   दोषी करार गर्ने ढंगले काँग्रेसले ल्याएको प्रस्ताव मान्य हुँदैन: शिशिर खनाल ★   गृहमन्त्री लामिछानेलाई छानविनको दायरामा ल्याउनुपर्ने काँग्रेसको अडान यथावत ★   ब्रोइलर कुखुराको रोग मानिसमा सर्दैन: नेपाल भेटेरिनरी एशोसिएशन ★   कार्यदल बैठक निष्कर्षविहीन ★   रिसाए रोहितः प्रशारणकर्तामाथि किन एक्कासी आक्रोशित बने ? ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार ★   आईपीएलमा धोनीका यी विवादहरु जसलाई उनका फ्यानहरु विश्वास गर्न सक्दैनन् ★   गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा ★   करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु ★   उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन– तस्बिरहरु

बैंकहरूले घटाए ब्याजदर, कसको कति पुग्यो ?



काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाको लागि निक्षेपको ब्याजदर घटाएका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता र निक्षेपको वृद्धि भन्दा कर्जाको वृद्धि लगातार न्यून भएपछि बैंकहरुले निक्षेपको ब्याजदर घटाएका हुन् ।

बैंकहरूको औसतमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर माघ महिनाका लागि ८.१७ प्रतिशत तोकिएको छ । पुस महिनामा ८.९९ प्रतिशत थियो ।

सबैभन्दा बढी ब्याज दिनेमा एनएमबी बैंक रहेको छ । एनएमबीले सबैभन्दा धेरै ९ प्रतिशतसम्म ब्याज दिने भएको छ भने सरकारी स्वामित्वको कृषि विकास बैंकले भने सबैभन्दा कम ७.२६ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८.६० प्रतिशत ब्याजदर दिने भएको छ । नेपाल एसबिआई बैंकले ८.२५ प्रतिशत, हिमालयन र सानिमा बैंकले ८.१५ र कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ८.११ प्रतिशतले ब्याजदर कायम गरेको छ ।

यस्तै, प्राइम कमर्सियल बैंक, सिद्धार्थ, ग्लोबल आईएमई र नबिल बैंकले ८.१० प्रतिशत ब्याजदर कायम गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ८.०७ तोकेका छन् भने प्रभु र एनआईसी एशिया बैंकले ८.०६५ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् ।