१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जस बटलरको प्रभावशाली खेल, इङल्यान्डद्वारा भारत ८ विकेटले पराजित



अ+ अ-

अहमदाबादः भारत र इङल्यान्डबीचको तेस्रो टी२० क्रिकेट प्रतियोगितामा इङल्यान्डद्वारा भारत ८ विकेटले पराजित भएको छ ।

मंगलबार साँझ भएको यस खेलमा इङल्यान्डका ब्याट्सम्यान जस बटलरले ५२ बलको सामना गरी ८३ रन बनाएपछि इङल्यान्डले सहजै विजय प्राप्त गरेको हो । उनले ४ छक्का र ५ चौका हिर्काएका थिए ।

भारतले पहिले ब्याटिङ गरी इङल्यान्ड समक्ष जितका लागि १५७ रनको लक्ष्य दिएको थियो ।

भारतका लागि कप्तान विराट कोहलीको ७७ रन बनाएका थिए । एक समय ८६ रन हुँदा पाँच विकेट गुमाएको भारतका लागि कोहली र हार्दिक पान्ड्याले उत्कृष्ट साझेदारी गर्दै टिमको स्कोरलाई चुनौतीपूर्ण बनाएका थिए ।

खेलमा इङल्यान्डका जस बटलरले प्लेयर अफ द म्याचको पुरस्कार प्राप्त गरे ।

यो जितसँगै पाँच खेलको यस टी२० शृंखलामा इङल्यान्डले २–१ ले अग्रता बनाएको छ । एजेन्सी