८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

नागढुङ्गा सुरुङमार्ग: अवरोध छिचोल्दै दुई महिनाभित्र ‘ब्रेक थ्रुु’ को तयारी

नागढुङ्गा सुरुङमार्ग: अवरोध छिचोल्दै दुई महिनाभित्र ‘ब्रेक थ्रुु’ को तयारी
फाइल फोटो
अ+ अ-

थानकोट । नागढुङ्गा सुरुङमार्गको मुख्य सुरुङ खन्नमात्र ७३.६० मिटर मात्र बाँकी । वैकल्पिक सुरुङ ‘इभ्याकुएसन टनेल’ गत साउन २२ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ । सुरुङभित्रको ‘कङ्क्रिट’को काम पनि ५१ प्रतिशत सकिएको छ । यो काम सकिएपछि सुरुङमार्गभित्र अक्सिजन, बत्ती र सञ्चारलगायत अत्यावश्यक सेवा (टनेल फ्यासिलिटी) पुर्‍याउन बाँकी छ ।

सुरुङ मार्गमा भौतिक निर्माण पूरा गरिसकेपछि सवारीसाधन सञ्चालन गर्न एक सय जनाको जनशक्तिले निरन्तर काम गर्नुपर्ने परियोजनाको परामर्श दातृ संस्था निप्पन कोइका इञ्जिनियर रमेशप्रसाद कोइराला बताउनुहुन्छ । यसबाहेक केही अवरोधलाई छिचोल्नसके आगामी वर्षभित्र यो मार्ग पूर्णरुपमा सञ्चालन हुनेछ । सुरुङमार्ग सञ्चालनमा आएपछि त्रिभुवन राजपथ नागढुङ्गा बलम्बुसम्मको दूरी तीन किलोमिटरले कम हुनेछ । सडकको दूरी तीन किलोमिटरले मात्र कम भए पनि सुरुङमार्गको पश्चिमी प्रवेश विन्दुदेखि नागढुङ्गासम्मको उकालो र त्यहाँ हुने ट्राफिक जामलाई दृष्टिगत गरी एक व्यक्तिको झन्डै आधाघन्टा समय बचत हुने कोइराला बताउनुहुन्छ । यसले यसअघि अनुभव नभएको यातायातका लागि सुरुङमार्ग बनाउने राष्ट्रिय क्षमता वृद्धि गर्नुका साथै प्रविधि हस्तान्तरणमा सहयोग पुग्ने कोइराला बताउनुहुन्छ ।

अक्सिजनदेखि एफएम सिग्नलसम्म

सुरुङमार्गमा अक्सिजनको निरन्तर आपूर्ति सबैभन्दा संवेदनशील विषय हो । यसका लागि १५ वटा ‘जेट फ्यान’आवश्यक हुने कोइराला बताउनुहुन्छ । यसका साथै कूल दुई हजार छ सय ८८ मिटर दूरीमा २४सै घन्टा उज्यालो आवश्यक हुन्छ । बत्ती र अन्य संयन्त्रको सञ्चालनका लागि कूल दुई मेगावाट विद्युत् चाहिने भएकाले विद्युत् प्राधिकरणको मातातीर्थ स्टेशनबाट ११ केभिएको २४ घन्टे डेडिकेटेड लाइन ल्याउने व्यवस्था गरिएको जानकारी उहाँले दिनुभयो । साथै ‘जेनेरेटर’लाई पनि तयारी हालतमा राख्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

निरन्तर सञ्चार संयन्त्र तथा अग्निनियन्त्रक यन्त्र र सुरुङभित्र जडान भएका अन्य संयन्त्र ९टनेल फ्यासिलिटी० हरहमेशा तयारी हालतमा राख्नुपर्छ । आगलागी सुरुङमार्गको सर्वाधिक जोखिमको विषय भएका कारण त्यसका लागि सर्वाधिक संवेदनशील निरन्तर सतर्क हुनुपर्छ । आगलागीको अवस्थामा सुरुङभित्र जडित अग्नि समन यन्त्रको तत्काल प्रयोग गर्ने ‘कन्ट्रोलरुम’लाई तत्काल परिचालन गर्ने र आगलागीको अवस्थाको जानकारी सुरुङमार्गमा रहेका र पस्दै गरेका सवारीसाधनलाई माइक र एफएम रडियोमार्फत तत्काल सूचना दिन सकिनेछ । त्यसपछि ट्राफिक व्यवस्थापन र ‘डाइभर्सन’ तत्काल गराउने, सुरुङमार्गमा राखिने ‘भिजुअल बोर्ड’मा तत्काल आगलागी र सुरक्षासम्बन्धी सूचना ‘डिस्प्ले’ गराउने र सबै सञ्चारमाध्यमसमेत कन्ट्रोल रुममार्फत यसबारेको जानकारी प्रेषित पठाउने व्यवस्था गरिने जानकारी दिनुहुन्छ ।

सुरुङको सुरक्षाका लागि ‘सिसिटिभी क्यामेरा’ तथा सबै संयन्त्रको सञ्चालन गर्न कन्ट्रोल रुमसमेत सुरुङमार्गको पूर्वी ‘पोर्टल’ नजिक बन्दैछ । सामान्यतया सुरुङमार्गभित्र एफएम रेडियोको तरङ्ग पुग्न नसक्ने भएकाले त्यहाँबाट गुज्रने यातायातका साधनमा निर्वाध रेडियो सम्पर्क स्थापना होस् भन्नका लागि रेडियो ‘सिग्नल’ पुर्‍याउने सञ्जालसमेत त्यहाँ स्थापना गरिनेछ ।

जमिनकै बाधा

देशले पहिलो पटक आधुनिक सुरुङमार्गको अनुभव लिँदै गर्दा अन्य आयोजनामा जस्तो मुआब्जा तथा जमिनसम्बन्धी विवादको अल्झोमा छ । झण्डै ३० वटा कित्तामा मुआब्जासम्बन्धी समस्याका कारण काम अघि बढिरहेका छैनन् । पूर्वी विन्दुमा पर्ने बलम्बुस्थित केही जग्गाका केही भाग राजकुलोमा पर्ने र घोषित मापदण्डका कारण सम्बद्ध जग्गाधनीले आंशिक मात्र मुआब्जा पाउने स्थिति छ । जग्गा धनीहरुले आफूलाई पूरैको मुआब्जा पाउनुपर्ने भन्दै त्यहाँको काम अघि बढ्न दिएका छैनन् । “व्यक्तिले भोगचलन गरिएको घरजग्गा भए पनि राजकुलो र त्यसको मापदण्डभित्र पर्ने जमिनको मुआब्जा दिन सम्बद्ध निकाय मानिरहेको छैन । जग्गाधनी भने पूरैको मुआब्जा मागिरहेका छन्”, उहाँले बताउनुभयो ।

यसैगरी पश्चिम विन्दुतर्फ धादिङको खत्री पौवास्थित विगत सडक कायम रहेका तर पछि नयाँ सडक बनेपछि सार्वजनिक प्रयोगमा नआएका जग्गामा स्थानीयले उपयोग गरिरहेका छन् ती जग्गाको मुआब्जा दिनसमेत प्रचलित कानुन अनुसार मिलिरहेको छैन । “त्यहाँ पनि मुआब्जा विवादका कारण यात्रुसेवा भवन, शौचालय तथा विश्रामस्थललगायतका काम अड्किएको छ”, उहाँले भन्नुभयो । सोही स्थानका केही जग्गासम्बन्धी सरकारी अभिलेखमा ‘जग्गाधनी सडक विभाग र व्यक्ति’ दुवैको नाम भेटिँदा थप जटिलता सिर्जना भएको छ । यस्ता समस्याका कारण निर्धारित समयमा काम सक्न समस्या हुने र खर्चसमेत बढन जाने खतरा छ । काममा ढिलाइ हुँदा ठेकेदार र क्षतिपूर्ति दाबी गर्ने र त्यसबापत रकम दिनुपरे आयोजनाको खर्च बढ्न जाने अवस्था छ । आयोजनाका तर्फबाट सम्बद्ध मन्त्रालयलगायतका माथिल्ला निकायमा यससम्बन्धी जानकारी गराइसकिएको र मन्त्रालयस्तरबाट ती समस्या समाधानको पहल भइरहेको जानकारी कोइरालाले दिनुभयो ।

आयोजनाका निमित्त प्रमुख गोविन्द डुमरुका अनुसार आगामी मार्च ३ मा मुख्य सुरुङ छेड्ने ९बे्रक थु्र०को लक्ष्य छ । अहिले जारी काममा गतिरोध नआए करिब एक वर्षपछि सुरुङमार्ग सञ्चालनमा आउने जानकारी उहाँले दिनुभयो ।

खानेपानीको व्यवस्थापन

सुरुङमार्ग निर्माणका क्रममा पानीका परम्परागत मुहान सुक्नेजस्ता केही समस्या देखिएकाले त्यसलाई समाधान गर्न आयोजना र चन्द्रागिरि नगरपालिकाबीच सहकार्य भइरहेको जानकारी नगरप्रमुख घनश्याम गिरीले दिनुभयो । यसअन्तर्गत नगरपालिकाको वडा नं २ मा नयाँ ‘बोरिङ’ गरिने र सुरुङ बनेपछि चन्द्रागिरि नगरपालिकबाट सुरुङको पश्चिम पोर्टलतर्फ बगेको पानीलाई सङ्ग्रह गरी पम्पद्वारा चन्द्रागिरितर्फ वितरण गरिने सहमति भएको जानकारी पनि उहाँले दिनुभयो । रासस