२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

तपस्वी बम्जनलाई आफूहरूको जिम्मा लगाउन समर्थकहरुको माग



अ+ अ-

काठमाडौँ । तपस्वी रामबहादुर बम्जनलाई आफूहरुसमक्ष जिम्मा लगाउन भन्दै उनका समर्थकहरु महाराजगञ्जस्थित सीआइबी कार्यालय पुगेका छन् ।

प्रहरीले भने मङ्गलबार पक्राउ परेका बम्जनलाई सर्लाही लैजाने तयारी गरेको छ । पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेर सीआईबीले दिउँसो बम्जनविरुद्ध मुद्दा चलिरहेको सर्लाहीमा आवश्यक कारबाही प्रक्रियाका लागि लैजान लागेको हो ।

यसैबीच पूर्वभूमिसुधार राज्यमन्त्री यशोदाकुमारी लामाले बम्जनलाई आफूहरूले निजी गाडीमा लैजाने भन्दै आफूहरुलाई जिम्मा लगाउन माग गर्नुभएको छ । उहाँले रामबहादुर आफूहरूको ‘भगवान्’ रहेको भन्दै हतकडी नलाउनसमेत प्रहरी अधिकारीसँग आग्रह गर्नुभएको छ ।

यद्यपि सीआईबीका अधिकारीले त्यसरी जिम्मा दिन नमिल्ने भन्दै अदालतमा म्याद थपलगायत आवश्यक कारबाहीका लागि प्रहरीले नै लैजाने जवाफ दिएका छन् । सीआईबी प्रवक्ता नवराज अधिकारीले बम्जनमाथिको मुद्दा र पक्राउबारे विस्तृत जानकारी गराउन आज दिउँसो १ बजे पत्रकार सम्मेलन राखिएको जानकारी दिनुभयो ।

बम्जनका समर्थक बिहानैदेखि सीआईबीमा भेला भएका छन् । बम्जनले भने कानूनलाई सम्मान गर्ने भन्दै समर्थकलाई उत्तेजक नहुन आग्रह गरेको बताइएको छ ।

बलात्कार, हत्या, बेपत्ता पारेकोलगायतका आरोपमा बमजनविरुद्ध प्रहरीमा उजुरी छ । हिजो परिवार भेट्न आउँदा उनी बूढानीलकण्ठबाट पक्राउ परेका थिए ।