६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

तपस्वी बम्जनलाई आफूहरूको जिम्मा लगाउन समर्थकहरुको माग



अ+ अ-

काठमाडौँ । तपस्वी रामबहादुर बम्जनलाई आफूहरुसमक्ष जिम्मा लगाउन भन्दै उनका समर्थकहरु महाराजगञ्जस्थित सीआइबी कार्यालय पुगेका छन् ।

प्रहरीले भने मङ्गलबार पक्राउ परेका बम्जनलाई सर्लाही लैजाने तयारी गरेको छ । पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेर सीआईबीले दिउँसो बम्जनविरुद्ध मुद्दा चलिरहेको सर्लाहीमा आवश्यक कारबाही प्रक्रियाका लागि लैजान लागेको हो ।

यसैबीच पूर्वभूमिसुधार राज्यमन्त्री यशोदाकुमारी लामाले बम्जनलाई आफूहरूले निजी गाडीमा लैजाने भन्दै आफूहरुलाई जिम्मा लगाउन माग गर्नुभएको छ । उहाँले रामबहादुर आफूहरूको ‘भगवान्’ रहेको भन्दै हतकडी नलाउनसमेत प्रहरी अधिकारीसँग आग्रह गर्नुभएको छ ।

यद्यपि सीआईबीका अधिकारीले त्यसरी जिम्मा दिन नमिल्ने भन्दै अदालतमा म्याद थपलगायत आवश्यक कारबाहीका लागि प्रहरीले नै लैजाने जवाफ दिएका छन् । सीआईबी प्रवक्ता नवराज अधिकारीले बम्जनमाथिको मुद्दा र पक्राउबारे विस्तृत जानकारी गराउन आज दिउँसो १ बजे पत्रकार सम्मेलन राखिएको जानकारी दिनुभयो ।

बम्जनका समर्थक बिहानैदेखि सीआईबीमा भेला भएका छन् । बम्जनले भने कानूनलाई सम्मान गर्ने भन्दै समर्थकलाई उत्तेजक नहुन आग्रह गरेको बताइएको छ ।

बलात्कार, हत्या, बेपत्ता पारेकोलगायतका आरोपमा बमजनविरुद्ध प्रहरीमा उजुरी छ । हिजो परिवार भेट्न आउँदा उनी बूढानीलकण्ठबाट पक्राउ परेका थिए ।