२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुनको दोस्रो सातासम्म क्रिकेट रंगशाला तयार हुन्छ– शक्ति गौचन



अ+ अ-

बुटवल । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्यले शक्ति गौचनले रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनको दोस्रो हातासम्म तयार हुने बताउनुभएको छ ।

अस्ट्रेलियामा रहेको एक्स्ट्राटेक ओभल नामक आइटी कम्पनीले करिव ४० करोड लागत राखेर उक्त क्रिकेट रंगशालामा निर्माण गरिरहेको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य शक्ति तिलोत्तमा नगरपालिकास्थित पूर्व दरखसवामा निर्माणधीन सो रंगशालाको ब्राण्ड एम्बासडरसमेत हुनुहुन्छ । नेपाली टोलीका पूर्वस्पिनर शक्तिले अहिले रंगशाला पूर्ण रूपमा तयार भइनसकेको उल्लेख गर्दै फागुनको पहिलो वा दोस्रो हप्तासम्म तयारी हुने बताउनु भयो । रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनबाट सञ्चालनमा आउने भएको छ ।

उक्त रंगशाला प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता या अन्य खेलहरू खेलाउन सकिन्छ की भन्ने उद्देश्यले नेपाली क्रिकेटको निकाय नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र क्यानका पूर्वकार्यवहाक सचिव प्रशान्त मल्ललगायतले निरीक्षण गरेका थिए । क्यानका नेतृत्व उक्त मैदान अवलोकनपछि निकै उत्साहित समेत भए । नेपाली क्रिकेटको अविभावक संस्थाका नेतृत्वको भ्रमणपश्चात उत्साहित हुँदै रंगशालाका ब्राण्ड एम्बासडर तथा मेन्टर शक्तिले यो रंगशालाबाट नेपाली क्रिकेटमा केही योगदान दिन चाहेको धारणा राख्नुभयो ।

मैदानमा सात वटा पिच रहेको र सो पिच फागुनबाट प्रतियोगिताका लागि योग्य हुने भएको छ । उक्त रंगशालामा पेभेलियन, ड्रेसिङ रुम र अन्य रुमहरू निर्माण पनि भइरहेको छ । उक्त रंगशालामा तत्कालका लागि दर्शक सिट ५ हजार क्षमताको बनाउने र अन्य कृत्रिम बस्ने स्थान बनाइँदैछ । पूर्वक्रिकेटर शक्तिले यो मैदानको उद्घाटन प्रतियोगिता राख्ने योजना रहेको बताउनु भयो । उहाँले सन् १९९६ को नेपाली राष्ट्रिय क्रिकेट टोली, सन् २०१४ को राष्ट्रिय टोली र केही अन्य टोलीबीच टी–१० श्रृंखला आयोजना गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।

हाल रंगशालामा निर्माण गर्ने क्रममा खराब मौसमले केही प्रभावित भइरहेको छ । मैदानमा घाँस रोप्ने काम भइरहेको छ । सो रंगशालामा क्युरेटर माधव पाठकले काम गरिरहेका छन् । फागुनबाट राम्रो पिच तयार हुने क्युरेटर पाठकले बताउनु भयो । केही दिनमा पिचको काम हुनेछ भने आउट फिल्डको काम पनि शुरु हुनेछ । केही स्थानमा भने रोपिएका घाँस घाट्ने काम भइरहेको छ । घाँस नआएको स्थानमा घाँस रोपिन थालिएको रंगशालाका क्युरेटर माधव पाठकले बताउनु भयो । माघको पहिलो हप्ताबाट प्यारापिट र प्लयरको चेन्जिङ रुम बन्ने उहाँको भनाइ छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द रंगशालाको विकास देखेर निकै उत्साहित हुनुभएको उहाँको भनाइ छ । छोटो समयमा नै भौतिक पूर्वधार बनेको र मैदानमा घाँस पनि राम्रो भएकाले क्यानका अध्यक्ष चन्द खुशी भएको निर्माणमा सक्रिय टोलीको भनाइ छ ।

सो रंगशाला एक्स्ट्राटेक ओभल प्रा.लि.का निर्देशक विनोद कुँवरको सक्रियतामा बन्न लागेको हो । करिव पाँच बिघा क्षेत्रफलमा उक्त रंगशाला बनिरहेको छ । उक्त रंगशालाको उद्घाटन तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, शिद्धार्थ नगरपालिकाका उपप्रमुख उमा अधिकारी र क्यानका सचिव प्रशान्त विक्रम मल्ल लगायतले गरेका थिए ।