८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

सार्वजनिक सेवा प्रवाह गर्ने स्थानका भौतिक संरचना अपांगतामैत्री हुनैपर्छः मानव अधिकार आयोग

सार्वजनिक सेवा प्रवाह गर्ने स्थानका भौतिक संरचना अपांगतामैत्री हुनैपर्छः मानव अधिकार आयोग
अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक सेवा प्रवाह गर्ने स्थानमा भौतिक संरचना अपांगतामैत्री बनाउन स्थानीय तहको सरकारलाई निर्देशन दिएको छ ।

आयोगका सदस्य डा. सूर्यप्रसाद शर्मा ढुंगेलले मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अपांगतामैत्री भौतिक संरचना निर्माणमा ध्यान दिन स्थानीय सरकारलाई सचेत गराउनुभएको हो । शौचालयदेखि लिएर सार्वजनिक सेवा प्रवाह गर्ने ठाउँका भौतिक संरचना निर्माणको काम अपांगतामैत्री बनाउने विषयमा पालिकाहरुले विशेष ध्यान दिनुपर्ने उहाँको भनाई थियो । ढुंगेलले मानसिक सन्तुलन गुमाएका अपांगता भएकाहरुबारे पनि विशेष ख्याल राख्न सरकारको ध्यानाकर्षण गराउनु भयो । त्यस काममा सरोकारवालाहरुको सुझाव पनि उत्तिकै आवश्यक रहेको उहाँले बताउनु भयो ।

ढुंगेलले भन्नुभयो, ‘सार्वजनिक सेवा प्रवाह गर्ने ठाउँमा भित्र प्रवेश गर्नेदेखि लिएर ट्वाईलेट युज गर्नेसम्म व्यवस्थामा पनि कति हामीले अपांगतामैत्री व्यवस्था गरेका छौं त ? त्यो हेरेका छौ कि छैनौं ? त्यो नगरपालिकाको सेवा प्रवाह गर्ने घरहरुमा ट्वाईलेट कस्तो छ भनेर हेरेको छ कि छैन ? त्यो ट्वाईलेट अपांगतामैत्री बनाउने कुरा ठूलो सेवा हुनसक्छ । यस्ता कुराहरुमा पनि हामीले ध्यान दिनुपर्छ । र, मानसिक सन्तुलनलगायतको विषयमा पनि धेरै कुराहरु छन् । त्यसमा ध्यान दिएर अघि बढ्न आवश्यक छ ।’

कार्यक्रममा बोल्दै अपांगता राष्ट्रिय निर्देशन समितिकी विज्ञ प्रतिमा गुरुङले अपांगता भएकाहरुको परिचय पत्र मानव अधिकारलाई मुख्य आधार बनाएर वितरण गर्न सरकारसँग माग गर्नुभयो । उहाँले अपांगता भएका व्यक्तिहरुको वर्गीकरणमा पनि गम्भिर बन्न सरकारलाई सुझाव दिनुभयो ।

गुरुङले भन्नुभयो, ‘अपांगता भएका व्यक्तिको परिचयपत्र अझै पनि मेडिकल मोडल अप्रोजमा छ । निष्कर्ष सुझावको पहिलो ढाँचामा नै त्यो परिचय पत्र ह्युमन राईट्स बेस अप्रोचमा गर्नोस् भनेर सुझाव दिइएको छ । हामीले त्यसलाई हेर्नुप¥यो । अपांगताको सवाल सजिलो पनि छैन । यो संवेदनशील पनि छ, जटिल पनि छ । र, यो परिवर्तित अवस्थामा पनि हो । त्यसैले यो परिवर्तित अवस्थामा हामीले हेर्न खोजेको चार प्रकारको अशक्तता र गम्भिर्यताको आधारमा गरेको वर्गीकरण र त्योसँग जोडिएको सामाजिक अवरोधको विषय । यो विषयमा हाम्रो अपांगता आन्दोलनमा बहसनै भएको छैन ।

राष्ट्रिय मानव अधिकार आयोगले लेख्ने यो प्रतिवेदनमा सामाजिक अवरोध के हो भन्ने कुरा चाहीँ स्पष्ट आउनुपर्छ । दोस्रो कुरा चाहीँ नेपालको अहिले आईराखेको अपांगता सम्बन्धि ऐन, अपांगता कार्ड, अपांगताको वर्गीकरण, समावेशी शिक्षा कि विशेष शिक्षा, अपांग ग्राम भिलेज, अपांगता भएकोहरुको प्रतिनिधित्वको सवालमा राष्ट्रिय मानव अधिकार आयोगले स्पष्ट धारणा दिनुपर्छ भन्ने माग म राख्न चाहन्छु ।’

गुरुङले मानव अधिकार आयोगले अपांगता भएका व्यक्तिहरुको समस्यालाई सम्बोधन गराउने काममा विशेष भुमिका खेल्नुपर्ने समेत बताउनु भयो ।