५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता

विजय देवरकोन्डा–रश्मिका मन्दनाको इन्गेजमेन्ट ?

विजय देवरकोन्डा–रश्मिका मन्दनाको इन्गेजमेन्ट ?
अ+ अ-

एजेन्सी । साउथ अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दना हालै सामाजिक सञ्जालमा फैलिएको आफ्नो इन्गेजमेन्ट अफवाहका कारण चर्चामा छन् । रिपोर्टका अनुसार दुबैले फेब्रुअरीमा इन्गेजमेन्ट गर्नेछन् ।

विजय र रश्मिका प्रायः आफ्नो डेटिङ अफवाहका कारण हेडलाइन बन्छन्, तर अब अभिनेता विजय देवरकोन्डाको टोलीले इन्गेजमेन्टको खबरलाई लिएर आफ्नो बयान जारी गरेको छ ।

विजय देवरकोन्डाको टोलीले यी रिपोर्टहरूमा प्रतिक्रिया दिँदै यी रिपोर्टहरूलाई ‘झूटो’ भनेका छन् । विजयको टोलीले समाचार एजेन्सी आईएएनएससँग कुरा गर्दै भने, ‘रिपोर्ट गलत हो ।’ यसैबीच, फ्यानहरूले सामाजिक सञ्जालमा विजय देवरकोन्डा र रश्मिका मन्दनाले फेब्रुअरीमा इन्गेजमेन्ट गर्न सक्ने अनुमान गरिरहेका छन् ।

रिपोर्टमा भनिएको छ कि दुबै कलाकारका परिवारले बिहे गर्न राजी भइसकेका छन् । हालै यो जोडी सँगै छुट्टी मनाउन माल्दिभ्स गएका थिए ।

यसअघि दीपावलीमा विजय र रश्मिका दुवैले आफ्नो इन्स्टाग्राममा तस्बिरहरू सेयर गरेर फ्यानहरूलाई पर्वको शुभकामना दिएका थिए । फ्यानहरुले दुबैको तस्विरमा समानता खोजिरहेका थिए । केही फ्यानले दुवैले एउटै घरबाट दीपावलीको तस्बिर सेयर गरेको समेत बताएका छन् । तर, यी सबै हल्लामा कति सत्यता छ त्यो भने कलाकारको आधिकारिक बयानपछि मात्रै थाहा हुनेछ ।