१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विजय देवरकोन्डा–रश्मिका मन्दनाको इन्गेजमेन्ट ?



अ+ अ-

एजेन्सी । साउथ अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दना हालै सामाजिक सञ्जालमा फैलिएको आफ्नो इन्गेजमेन्ट अफवाहका कारण चर्चामा छन् । रिपोर्टका अनुसार दुबैले फेब्रुअरीमा इन्गेजमेन्ट गर्नेछन् ।

विजय र रश्मिका प्रायः आफ्नो डेटिङ अफवाहका कारण हेडलाइन बन्छन्, तर अब अभिनेता विजय देवरकोन्डाको टोलीले इन्गेजमेन्टको खबरलाई लिएर आफ्नो बयान जारी गरेको छ ।

विजय देवरकोन्डाको टोलीले यी रिपोर्टहरूमा प्रतिक्रिया दिँदै यी रिपोर्टहरूलाई ‘झूटो’ भनेका छन् । विजयको टोलीले समाचार एजेन्सी आईएएनएससँग कुरा गर्दै भने, ‘रिपोर्ट गलत हो ।’ यसैबीच, फ्यानहरूले सामाजिक सञ्जालमा विजय देवरकोन्डा र रश्मिका मन्दनाले फेब्रुअरीमा इन्गेजमेन्ट गर्न सक्ने अनुमान गरिरहेका छन् ।

रिपोर्टमा भनिएको छ कि दुबै कलाकारका परिवारले बिहे गर्न राजी भइसकेका छन् । हालै यो जोडी सँगै छुट्टी मनाउन माल्दिभ्स गएका थिए ।

यसअघि दीपावलीमा विजय र रश्मिका दुवैले आफ्नो इन्स्टाग्राममा तस्बिरहरू सेयर गरेर फ्यानहरूलाई पर्वको शुभकामना दिएका थिए । फ्यानहरुले दुबैको तस्विरमा समानता खोजिरहेका थिए । केही फ्यानले दुवैले एउटै घरबाट दीपावलीको तस्बिर सेयर गरेको समेत बताएका छन् । तर, यी सबै हल्लामा कति सत्यता छ त्यो भने कलाकारको आधिकारिक बयानपछि मात्रै थाहा हुनेछ ।