१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१९ वर्षीय छोराको हत्या अभियोगमा बाबु पक्राउ



symbolic picture
अ+ अ-

ईलाम । प्रहरीले आफ्नै छोराको हत्या अभियोगमा बाबुलाई पक्राउ गरेको छ ।

इलाम, माई नगरपालिका-६ बिहिबारेमा १९ वर्षीय आफ्नै छोरा जीवन राईको हत्या गरेको अभियोगमा बुबा ३६ वर्षीय दिल कुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको क्रममा दिल कुमारले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका जीवनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी महमाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।