• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

आज छापावाल सुन प्रतितोला दुई सय रूपैयाँले घटेर एक लाख १८ हजार छ सय रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ ।हिजो तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी सोमबार कै मूल्यमा यथावत रहि प्रतितोला १४ सय १५ रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।