१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश: सभामुखको निर्वाचन दिउँसो ३ बजे, राप्रपाका विष्ट सर्वसम्मत बन्ने सम्भावना



फाईल फोटो
अ+ अ-

विराटनगर । कोशी प्रदेशसभामा आज सभामुखको निर्वाचन हुने भएको छ । प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको छ ।

उपसभामुख सिर्जना दनुवारले आज निर्वाचनमा गएर भए पनि सभामुखको टुंगो लगाउन कार्यव्यवस्थामा सहमति भएको जानकारी दिईन् ।

सत्तारुढ दलहरूले राप्रपालाई सभामुख दिने सहमति भएका छन् । राप्रपाले पनि झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर बिस्टलाई सभामुख बनाउने निर्णय गरिसकेको छ । राप्रपाले दलीय सहमतिको आधारमा सभामुख पद लिने निर्णय गरेको हो। बिस्ट निर्विरोध निर्वाचित हुने सम्भावना रहेको छ ।

सभामुखबारे औपचारिक निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक जारी रहेको छ । बैठकमा सभामुख चयन प्रक्रियालगायत विषयमा छलफल गरिरहेको प्रदेशसभा सदस्य अमृत अर्यालले जानकारी दिए ।

यता, प्रमुख विपक्षी नेकपा एमालेको बैठक पनि जारी छ ।