• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय ★   वडाध्यक्षलाई विद्यार्थीको प्रश्न: ‘खेल्ने सामग्री कसले दिन्छ ?’ ★   सुर्खेत बस दुर्घटना: दुईजनाको मृत्यु, २१ घाइते ★   सभामुखलाई धनराजको पत्र: रातो पासपोर्ट उत्खनन गर्ने गृहमन्त्रीमाथि कारबाही होस् ★   काँग्रेसलाई अध्यक्ष श्रेष्ठको प्रश्न: प्रधानमन्त्रीले विश्वासको मत माग्दा नाराबाजी गर्नु अर्थपूर्ण हो ? ★   काँग्रेसले समिति माग गरेको होइन, सरकार माग गरेको हो: प्रमुख सचेतक बर्तौला ★   टी–२० विश्वकपका लागि अष्ट्रेलियाको टोलीमा आउन सक्नेछन् फ्रेजर म्याकगर्क ★   यामी–आदित्यलाई पुत्रलाभ, के राखे छोराको नाम ? ★   प्रधानमन्त्रीलाई काँग्रेसको जवाफ: तपाईंलाई जंगलबाट राजनीतिमा काँग्रेसले ल्याएको हो ★   रविलाई काँग्रेसको चेतावनी: काँग्रेसमाथिका लाञ्छना प्रमाणित गर्न नसके परिणाम राम्रो हुँदैन

गत वर्षको तुलनामा सौराहामा ५० प्रतिशत पर्यटक वृद्धि



भरतपूर । नेपालको पर्यटकीय गन्तव्य चितवनको सौराहामा गत वर्षको तुलनामा ५० प्रतिशत पर्यटक आगमनमा वृद्धि भएको छ ।

कोभिडको कारण थला परेको सौराहाको पर्यटन पछिल्लो समय बिस्तारै लयमा आउन थालेसँगै पर्यटन व्यवसायीहरु उत्साहित छन् । २०२२ मा भन्दा २०२३ मा ५० प्रतिशत पर्यटक आगमन भएसँगै यति बेला सौराहाका होटलहरु वाह्य पर्यटकहरुले भरिभराउ छन् । सौराहामा घुम्न आउने वाह्य पर्यटकमा चिनियाँ र भारतीय पर्यटकको संख्या उच्च छ । अंग्रेजी नयाँ वर्षसँगै सौराहामा आन्तरिक र वाह्य पर्यटकमा वृद्धि भएसँगै सौराहाको पर्यटन पुरानै लयमा फर्कने आशा पलाएको व्यवसायीको भनाई छ ।

सौराहामा पर्यटन आगमनमा वृद्धि भएपनि व्यवसायीहरुले नयाँ गन्तव्य र वाह्य पर्यटकको बसाई थप गर्न सक्नुपर्ने बताएका छन् । पर्यटन व्यवसायीहरुले पर्यटकहरुको बसाई लम्ब्याउनको लागि राष्ट्रिय निकुञ्जले एक पटक काटेको टिकट एक दिनको लागि मात्रै अनुमति दिने विषयमा परिमार्जन गरी ५ देखि ७ दिनसम्मको लागि बनाउनुपर्ने माग राखेका छन् । क्षेत्रीय होटल संघका अध्यक्ष गङ्गा गिरीले अङ्ग्रेजी नयाँ वर्षसँगै सौराहामा वाह्य पर्यटकको आगमनमा वृद्धि भएको बताउनु भयो । उहाँले २०२३ मा सौराहामा ४० प्रतिशत आन्तरिक र बाँकी ६० प्रतिशत पर्यटक वाह्य रहेको बताउनु भयो ।

उहाँले सौराहामा एकै पटक ७ हजार पर्यटकलाई राख्न सक्ने क्षमता रहेको बताउनु भयो । उहाँले जिप सफारी,हात्ती सफारी लगायतका कार्यक्रमहरु भएपनि राष्ट्रिय निकुञ्जमा एउटा मात्रै जिप सफारीको रुट हुँदा पर्यटकलाई नयाँ गन्तव्य देखाउन नसकिएको बताउनु भयो । उहाँले सरकारले निकुञ्जमा अन्य रुटहरु पनि खुला गरिदिए पर्यटकहरुको लागि राम्रो हुने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सौराहामा ४० प्रतिशत आन्तरिक पर्यटक हुनुहुन्छ भने २० प्रतिशत भारतीय चिनियाँ पर्यटक तथा ४० प्रतिशत अन्य देशका पर्यटक हुनुहुन्छ । सौराहाले एकै पटक ६४ सय भन्दा बढी पर्यटकलाई राख्न सक्छ । सौराहा राष्ट्रिय निकुञ्जमा आवद्धता भएका व्यवसायीहरु हौं । सौराहाका पर्यटकहरुको सबै कार्यक्रमहरु राष्ट्रिय निकुञ्जसँग जोडिएका हुन्छन् । जिप सफारी,हात्ती सफारी लगायतका कार्यक्रमहरु छन् । पर्यटकहरुले मन पराउने भनेको हात्ती नै हो । राष्ट्रिय निकुञ्जमा एउटा मात्रै जीप सफारीको रुट छ । अन्य रुटहरु पनि खुला गरिदिए पर्यटकहरुको लागि राम्रो हुने थियो । चितवनमा आउने विदेशी पर्यटकको लागि हवाई भाडा कम गर्नसके अझ धेरै पर्यटक आउनसक्ने थिए । सौराहामा १६८ वटा होटलहरु छन् । त्यसमा हाम्रो ६४ सय २२ बेडहरु छन् ।’

क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष दीपक भट्टराईले पछिल्लो समय सौराहाको पर्यटन लयमा आएको बताउनु भयो । उहाँले पछिल्लो समय सौराहामा आन्तरिक तथा वाह्य गरी ७५ प्रतिशत पर्यटक आगमन भएको उल्लेख गर्नुभयो । उहाँले सौराहामा गुणस्तरीय होटलहरुमा लगानी बिस्तार हुँदै गएको बताउनु भयो । उहाँले व्यवसायीहरुले सौराहामा आउने पर्यटकको लागि पुराना गतिविधि नै दिइरहेको भन्दै नयाँ पर्यटकीय गन्तव्य र गतिविधि दिन आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्रिय निकुञ्जको नियम कानूनसँग बसेर होटल सञ्चालन गर्नुपर्ने हुँदा जङ्गल वाक,हात्ती सफारी,जीप सफारी,बोटिङ बाहेक नयाँ कार्यक्रम दिन नसकिएको बताउनु भयो । उहाँले सरकारले राष्ट्रिय निकुञ्जको ऐनलाई नै परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले निकुञ्जको पुरानो ऐनको कारण पर्यटक व्यवसायीहरुलाई धेरै असर परेको भन्दै निकुञ्जमा सफारीको लागि अन्य रुट खोल्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘चितवनको पर्यटन क्षेत्र लयमा आएको छ । ७५ प्रतिशत पर्यटक चितवनमा आगमन भएको छ । सडक मार्ग समय–समयमा बिग्रने गरेकाले सौराहा आउने पर्यटकलाई असर पर्दा लयमा आउन थालेको पर्यटक अर्को बाटोमा जाने चिन्ता बढेको छ । चितवन तेस्रो पर्यटकीय गन्तव्य हो । सौराहा चितवन जिल्लालाई चिनाउने पर्यटकिय नगरी हो । सामान्य खालका होटलदेखि पाँच तारे होटल समेत बनेका छन् । सौराहामा हेरक दिन १० हजार भन्दा बढी पर्यटकहरु स्तरीय होटलमा राख्न सक्ने अवस्थामा छौं । सौराहामा आउने पर्यटकको लागि पुराना गतिविधि नै दिइरहेका छौं ।

नयाँ पर्यटकीय गन्तव्य र गतिविधि दिन सकिरहेका छैनौं । पर्यटकलाई दिँदै आएको जङ्गल वाक,हात्ती सफारी,जीप सफारी,बोटिङ भन्दा नयाँ कार्यक्रम दिन सकि रहेका छैनौं । सरकारले राष्ट्रिय निकुञ्जको ऐनलाई नै परिर्वतन गर्नुपर्ने अवस्था रहेको छ । निकुञ्जको पुरानो ऐनको कारण पर्यटक व्यवसायीहरुलाई धेरै असर परेको छ । पर्यटकको लागि नयाँ व्यवसाय लाउन सकिएको छैन । निकुञ्जमा सफारीको लागि रहेको एउटा मात्रै रुटलाई अन्य थप रुट खोल्न आवश्यक छ । निकुञ्जभित्र सञ्चालनमा रहेका पुराना होटलरुलाई सञ्चालनमा ल्याउनुपर्छ । अब कोभिड पहिलाकै अवस्थामा सौराहामा विदेशी पर्यटक आगमन हुनेमा ढुक्क छु । अहिले भारतीय र चिनियाँ पर्यटक धेरै मात्रमा रहेका छन् ।’

सौराहाका होटल व्यवसायी माधव दुवाडीले अहिले २०१९ लाई बिर्सने गरी सौराहामा पर्यटकहरुको आगमन भइरहेको बताउनु भयो । उहाँले पर्यटक आगमन वृद्धि भएसँगै सौराहाका होटल व्यवसाय फस्टाएको बताउनु भयो । उहाँले आन्तरिक पर्यटकहरु समूहगत रुपमा आएर सभा सम्मेलनहरु गर्ने गतिविधिहरु वृद्धि समेत भइरहेको बताउनु भयो । उहाँले राष्ट्रिय निकुञ्जलाई विगतको नीतिअनुसार उपयोग गरिरहेकाले बताउनु भयो । उहाँले विगतकै गन्तव्यका आधारमा पर्यटकहरुलाई आकर्षण गर्ने भन्दा पनि नयाँ गन्तव्यको खोजि गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सौराहा चितवन राष्ट्रिय निकुञ्जसँग जोडिए पनि त्यहाँबाट पर्यटन व्यवसायीले अझै फाइदा लिन नसकिरहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘अहिले २०१९ लाई बिर्सने गरी पर्यटकहरुको आगमन भएको महशुस गरेका छौं । अहिले व्यवसाय पर्यटक फस्टाएको अवस्था छ । आन्तरिक पर्यटकहरु समूहगत रुपमा आएर सभा सम्मेलनहरु गर्ने गतिविधिहरु वृद्धि भएका छन् । हाम्रो नीति निर्माणमा समस्या छ । राष्ट्रिय निकुञ्जलाई विगतको नीतिअनुसार उपयोग गरिरहेका छौं । विगतकै गन्तव्यका आधारमा पर्यटकहरुलाई आकर्षण गर्ने सक्ने अवस्था छ्रैन । त्यसैले नयाँ गन्तव्य पस्कने विषयमा जानु आवश्यक छ। पर्यटन गतिविधि बढाउन व्यवसायीहरुले लगानी बढाउने हो । सडक मार्गको लागि राज्यले लगानी गर्नुपर्छ । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको भएपनि त्यहाँबाट हामीले अझै फाइदा लिन सकिरहेका छैनौं ।’

त्यस्तै होटल व्यवसायी बासु ढुङ्गानाले सौराहामा वृद्धि भएका पर्यटकको बसाई लम्ब्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले सौराहा आउने विदेशी पर्यटकको बसाई लम्ब्याउनसके सौराहाका होटल फस्टाउने मात्रै नभएर सौराहाको अर्थतन्त्र सुधार हुने अवस्था रहेको बताउनु भयो । उहाँले विदेशी पर्यटकको बसाई लम्ब्याउनको लागि सरकारले राष्ट्रिय निकुञ्जमा जानको लागि एक दिनको लागि मात्रै टिकट दिने व्यवस्था परिर्वतन गर्नु माग गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ विदेशी पर्यटकहरु चितवन भ्रमणको लागि आउनुहुन्छ । चितवन राष्ट्रिय निकुञ्ज जानुहुन्छ । त्यहाँ जाँदा सरकारले पर्यटकले एक पटक काटेको टिकट एक दिनको लागि मात्रै मान्यता दिएको छ । पर्यटकहरु हतारहतार एक दिनमा डुङ्गा सयर,जङ्गल ड्राइभ,हात्ती सफारी गर्ने हुँदा कतिपय कार्यक्रमहरु छुट्छन् । हाम्रो माग के हो भने एक पटक काटेको टिकटलाइ ५ देखि ७ दिनको समय अवधीको अनुमति दियौं भने बिस्तारै ढुङ्गा सयर,जङ्गल ड्राइभ,हात्ती सफारी लगायत अन्य कार्यक्रम थप गरेर सन्तुष्ट भएर फर्किन्छ । त्यस्तो हुँदा राज्यको कुनै खर्च हुँदैन । लामो समय निकुञ्जमा सर्भिस लिन बस्छ । त्यसले सौराहाको अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउँछ । यसले गर्दा सौराहा मात्रै नभएर अन्य निकुञ्जसम्म जान सक्ने अवस्था रहन्छ । त्यसले गर्दा सरकारसँग हामी व्यवसायीहरुले माग गरिरहेका छौं ।’

होटल व्यवसायी प्रकाश न्यौपानेले सौराहा आउने पर्यटकले वन्यजन्तु र प्राकृति रमणीय होटलहरु बढी रुचाउने गरेको बताउनु भयो । उहाँले समग्र नेपालका आउने पर्यटकमध्ये ३२ प्रतिशत मात्रै पर्यटक सौराहा आउने गरेको दाबी गर्नुभयो । उहाँले वनवास रिसोर्ट सञ्चालनमा आएको दुई महिना मात्रै हुँदा पनि प्रकृतिसँगै पर्यटक रमाउन सक्ने होटल भएकाले वनवास रिसोर्ट रोजाईमा पर्ने गरेको बताउनु भयो । उहाँले विदाको समयमा सौराहामा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुले वनवास रिसोर्ट रोजाइमा पर्न थालेको बताउनु भयो । उहाँले निकुञ्जमा भएका जन्यजन्तुको संरक्षण गर्नसके मात्रै सौराहाको पर्यटन व्यवसाय माथि पुग्ने बताउनु भयो ।

सौराहामा पर्यटन आगमन सहज बनाउनको लागि सडक पूर्वाधार राम्रो नहुँदा पर्यटकको संख्या अझ बढ्न नसकेको व्यवसायीको गुनासो छ । त्यस्तै व्यवसायीहरुले चितवन आउने पर्यटकको लागि हवाई यातायात पनि महँगो भएको बताए । व्यवसायीहरुले सौराहामा पर्यटन वृद्धि भएसँगै नयाँ लगानी र सम्भावनाका ढोका खुल्दै जाने अवस्था सिर्जना हुने बताए ।

अनिष मिजार/आशिष अधिकारी: न्युज एजेन्सी नेपाल