• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

सुन–चाँदीको मूल्य आज पनि स्थिर, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । साता कारोबारको पहिलो दिन आइतबार पनि बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ ।

शुक्रबारदेखि स्थिर रहेको सुनको मूल्य आइतबार पनि स्थिर रहि रहि बिहिबार कै मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी शुक्रबार कै मुल्यमा यथावत रहि प्रतितोला १४ सय २० रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।