१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

श्रीलङ्कालाई तेल खरिद गर्न ५० करोड डलर ऋण दिन भारत सहमत

श्रीलङ्कालाई तेल खरिद गर्न ५० करोड डलर ऋण दिन भारत सहमत
अ अ+ अ-

कोलम्बो । भारतले बुधबार नगद सङ्कटमा परेको श्रीलङ्कालाई तत्काल तेल खरिद गर्नका लागि ५० करोड डलर ऋण दिने घोषणा गरेको छ ।

श्रीलङ्का आर्थिक समस्याले थर्मल पावर जेनरेटरहरु चलाउन असमर्थ भएको छ । व्यापारीहरुसँग तेल खरिदका लागि विदेशी मुद्रा अत्यन्त कम हुँदा यातायात सञ्जालसमेत प्रभावित भएको छ । 

ठूलो कोइला पावर प्लान्टमा बारम्बार ब्रेकडाउनले अघोषित बिजुली कटौती बढेको छ भने खाना पकाउने ग्यास र मट्टितेलको अभाव चर्किएको छ ।

दुइ देशका अधिकारीहरूले दुई हप्ताको वार्तापछि बुधबार औपचारिक सम्झौतामा हस्ताक्षर गरेका छन् ।

एक भारतीय कूटनीतिज्ञ भारतबाट तत्काल आवश्यक खाद्यान्न र औषधि आयातका लागि थप १ अर्ब डलरको क्रेडिट लाइनमा वार्ता भइरहेको बताएका छन्।

“५० करोड डलर श्रीलङ्काले भारतीय आपूर्तिकर्ताहरूबाट पेट्रोलियम उत्पादनहरू खरिद गर्नका लागि हो”, ती अधिकारीले भने ।

श्रीलङ्काको चामल, अटोमोटिभ पार्टपुर्जा र सिमेन्टको अभाव पनि भोगिरहेको छ । सुपरमार्केटहरूलाई केही मुख्य खाद्य पदार्थहरू राशन दिन बाध्य पारिएको छ। अभावले गत महिना खाद्य मुद्रास्फीतिलाई २५ प्रतिशतको रेकर्ड स्तरमा पुर्याएको थियो।

पर्यटन श्रीलङ्काका लागि विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र हो तर कोभिड-१९ को महामारीका कारण यो क्षेत्र ध्वस्त भएको छ।

सरकारले पैसा बचत गर्न विदेशी कूटनीतिक नियोगहरू बन्द गरेको छ र विदेशी मुद्रा जोगाउन करिब दुई वर्षदेखि आयातमा व्यापक प्रतिबन्ध लगाएको छ।

तीन अन्तर्राष्ट्रिय मूल्याङ्कन एजेन्सीहरूले गत वर्षको अन्त्यदेखि श्रीलङ्कालाई यसको ३५ अर्ब डलरको सार्वभौम ऋण सेवा गर्न सक्षम नहुने डरमा डाउनग्रेड गरेका छन्।

श्रीलङ्काले चिनियाँ ऋण तिर्न पनि बेइजिङसँग थप ऋण मागेको छ, जुन देशको बाह्य ऋणको करिब १० प्रतिशत छ।

अधिकारीहरूले विगतमा पूर्वाधार परियोजनाहरूका लागि चीनबाट धेरै ऋण लिएका छन् । तर चिनियाँ ऋण निकै महँगो रहेको र त्यसले श्रीलंकामाथि दबाब परेकाे छ । एएफपी