३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मण्डला नाटक घरमा ‘पगला घोडा’



अ+ अ-

काठमाडौँ । थिएटर आकारको प्रस्तुतिमा मण्डला नाटक घरमा ‘पगला घोडा’ को नियमित मञ्चन भइरहेको छ ।

निर्देशक घनश्याम श्रेष्ठले अहिले देखिएको निराशालाई आशामा परिवर्तन गर्न पगला घोडा नाटक सान्दर्भिक र उत्कृष्ट कथा लागेकाले पनि यसको मञ्चन गर्न लागिएको बताउनुभयो । “यसले केही हदसम्म निराशा हटाएर सकारात्मकता बढाउँछ भन्नेमा विश्वस्त छौँ”, निर्देशक श्रेष्ठले भन्नुभयो ।

यही पुस १२ गतेदेखि सुरु भएको मञ्चन आगामी माघ ६ गतेसम्म हुने नाटक भारतीय सुप्रसिद्ध नाटककार बादल सरकारले लेख्नुभएको कथामा आधारित छ । उक्त नाटकलाई नेपालीमा भाषामा शिव खाँड ठकुरीले अनुवाद गर्नुभएको हो । सन् १९७० को दशकमा प्रगतिशील, स्थापना विरोधी नाटकका लागि परिचित रहनुभएका सरकारको नाटकलाई अनुवाद सुपरिवेक्षण नाट्यकर्मी अशान्त शर्माले गर्नुभएको छ ।

यसमा कलाकार प्रमोद अग्रहरि, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारीसँगै चलचित्रकी अभिनेत्री मलिका महतले अभिनय गर्दै हुनुहुन्छ । अभिनेता अग्रहरिले आफ्नो भूमिकालाई लिएर निकै उत्साहित रहेको प्रतिक्रिया दिनुभयो ।