२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण

पश्चिम म्याग्दीका महिला फुटबलप्रति आकर्षित

पश्चिम म्याग्दीका महिला फुटबलप्रति आकर्षित
अ अ+ अ-

गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका–६ की रोशनी पुन केवी एकेडेमीको मैदानमा फुटबल खेल्दै गरेको भेटिनुहुन्छ । उहाँ जस्तै २० देखि ३० वर्ष हाराहारी उमेरका महिला बिहान र बेलुकीको फुर्सदको समयमा फुटबल खेल्ने गर्नुहुन्छ । भौगोलिक विकटता भए पनि पश्चिम म्याग्दीको ग्रामीण क्षेत्रमा पछिल्लो समय महिला फुटबलको आकर्षण दिनप्रतिदिन बढ्दो छ ।

यही पुस पहिलो साता दरबाङमा सम्पन्न सातौँ करवीर कप प्रतियोगिताको मुख्य आकर्षण नै महिला फुटबल बनेको स्थानीय अगुवा हिराबहादुर पुनले बताउनुभयो । दरबाङस्थित पुरानो जनप्रिय खेलमैदान युवा पुस्ताका लागि ‘स्पोर्ट सेन्टर’ बनेको छ भने महिलाका लागि ‘रिफ्रेस सेन्टर’ बनेको छ । यो खेल मैदानमा बिहान र बेलुकी फुटबल खेल्ने महिला तथा पुरुषको जहिले पनि भीड लाग्ने गरेको स्थानीय खेल प्रशिक्षक तेन्जिङ लामाले बताउनुभयो ।

खुला ठाउँको अभावले गर्दा शारीरिक व्यायाम गर्नबाट बञ्चित बनेका बालबालिकादेखि युवापुस्ताका लागि जनप्रियको पुरानो खेलमैदान र केवि एकेडेमीको खेलमैदान उपयुक्त स्थान बनेका उहाँको भनाइ छ । त्यसैगरी मालिका, मङ्गला र धवलागिरि गाउँपालिकाका महिला पनि पछिल्लो समय फुटबल खेलप्रति आकर्षित भएका छन् । “सहरका महिला जिम जाने, बिहानी हिँडाइ गर्ने गर्दछन् भने हामी गाउँका महिला कामबाट फुर्सद मिलेको समय मैदानमा भेला भएर फुटबल खेलेर रमाइलो गर्ने गर्दछौँ”, मालिका–२ की ललिता विकले भन्नुभयो ।

हिउँदका छ महिना जिल्लाका ग्रामीण भेग मेला र पर्वमय हुने गर्दछन् । विद्यालय, युवा क्लब, आमा समूह, स्थानीय निकायलगायत विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने यस्ता मेला तथा पर्वमा स्थानीय महिलाको सहभागिता र उपस्थिति पुरुषको तुलनामा बढी हुने गर्दछ । यस्तै मेला पर्वको अवसरमा यहाँका महिला पनि विभिन्न खेलकुद प्रतियोगितामा सहभागिता जनाउँदै प्रतिस्पर्धा गर्ने गरेका धवलागिरि युवा नगेन्द्र मल्लले बताउनुभयो ।

“दरबाङको केवी एकेडेमीमा आयोजित महिला फुटबल प्रतियोगिता हेर्न लायकको थियो”, उहाँले भन्नुभयो, “फुटबलप्रति महिलाको आकर्षण कति रहेछ भन्ने बुझ्न त्यही एउटा प्रतियोगिता नै काफी छ, यस्तै प्रतियोगिता पश्चिम म्याग्दीका अरू ठाउँमा पनि हुने गरेका छन्, ती ठाउँमा पनि फुटबलप्रेमी महिलाको सङ्ख्या बाक्लो देखिन्छ ।”

जिल्ला फुटबल सङ्घ म्याग्दीका अध्यक्ष कुमार बानियाँले पछिल्लो समय खेलकुद र त्यसमा पनि फुटबल तथा भलिबलप्रति म्याग्दीका ग्रामीण महिला निकै आकर्षित भएका बताउनुभयो । “घरको कामबाट फुर्सद निकालेर महिला मैदानसम्म आई फुटबल खेल्ने गरेका छन्”, उहाँले भन्नुभयो, “यो राम्रो पक्ष हो, एकातिर शारिरिक तन्दुरुस्ती कायम गर्न सघाउ पुग्छ भने अर्कोतिर अनावश्यक कुरामा ध्यान पनि जाँदैन ।”

फुटबलभन्दा फुटसल सजिलो

यहाँका महिलाले फुटबलभन्दा फुटसल खेलमा बढी रुचि देखाउन थालेका छन् । “फुटबल पहिलाबाटै खेल्दै आएको हो, तर हामीलाई फुटबलभन्दा फुटसल निकै सजिलो लाग्ने गर्छ”, फुटबल खेलाडी मनिका रोकाले भन्नुभयो, “फुटसल र फुटबल एकै प्रकृतिका खेल भए पनि यसको नियम र खेल्न तरिका फरक छन्, फुटबलमा ११ खेलाडी उत्रन्छन्, फुटसलमा पाँच खेलाडी भिड्छन्, फुटबल खेल ४५–४५ मिनेटको दुई हाफमा विभाजन गरी ९० मिनेट खेलाइन्छ, फुटसल २०–२० मिनेट गरी दुई हाफमा ४० मिनेट खेलिन्छ, त्यसैले हामीलाई यही सजिलो हुन्छ ।” रासस