• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

यू-१९ विश्वकप खेल्न जाने टिमलाई मेरिना इम्पेक्सले गर्‍यो बिदाइ



काठमाडौं । मेरिना इम्पेक्सले आईसीसी यू-१९ विश्वकप खेल्न जाने नेपाली यू(१९ राष्ट्रिय क्रिकेट टिमलाई बिदाइ गरेको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मेरिना इम्पेक्सका अधिकारीहरुले खेलाडीलाई बिदाई गरेका हुन् ।

बिदाई समारोहमा क्यान अध्यक्ष चतुरबहादुर तन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायत पदाधिकारी सहभागी रहनु भएको थियो ।

मेरिना इम्पेक्सले टी-२० विश्वकप छनोटमा सहभागी खेलाडी र पदाधिकारीलाई सुट समेत उपलब्ध गराएको छ ।मेरिना इम्पेक्सले उच्च गुणस्तरका ४० जोर सुट क्यानलाई उपलब्ध गराउने सम्झौता गरेको थियो ।

बिगत ४१ बर्ष देखी सर्टिङ सुटिङको व्यवसाय गदै आएको इम्पेक्सले सामाजिक उत्तरदायीत्व अन्तरगत सहयोग उपलब्ध गराउन लागेको जनाएको छ ।