१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली कागजात बनाई रसियन आर्मींमा पठाउने ट्राभल्स संचालकहरु पक्राउ



अ+ अ-

काठमाडौँ । बेरोजगार युवाहरुलाई रसिया पठाई मानव तस्करी गर्ने ट्राभल्स संचालकहरु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अलास्का ट्राभल्स संचालक बताउने अर्जुन श्रेष्ठ भन्ने अर्जुन सुनार र शेखर राई बताउने शेर बहादुर राई रहेका छन् ।

सुनार र राईले बेरोजगार युवाहरुलाई नक्कली कागजात बनाई रसियामा होटलमा काम लगाईदिन्छु भन्दै रसियन आर्मींमा पठाउने गरेको पाईएको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई माईतिघर र थापा गाउँबाट पक्राउ गरेको हो ।

उनीहरुलाई मानव तस्करी गरी ठगी गरेको अपराध कसुरमा आबश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौ पठाईएको छ । साथै, नक्कली कागजातको आधारमा सेटिङ मिलाई बेरोजगार युवाको तस्करी गरी झुट्टा प्रलोभनमा पारी ठगि गर्ने कार्यमा संलग्नहरुको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।