• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गर्ने पाइलट बिरुद्ध मुद्दा दायर



काठमाण्डौ: नेपाल बायुसेवा निगमका पाइलट सम्राटबहादुर शाहको शैक्षिक योग्यताको प्रमाणपत्र झुटा भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।

२०७१ सालमा जुनियर क्याप्टेनमा नियुक्त भई आठौँ तहको विमान चालक क्याप्टेनमा बढुवा भएका शाहको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो ।

शाहले भारतको उत्तर प्रदेशको भीएसजे इन्टरकलेज सरहरी गोरखपुरबाट प्रथम श्रेणीमा आईए पास गरेको भनेर बुझाएका कागजात नक्कली भएको पाइएको अख्तियारले जनाएको छ । उनले झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेर विमान चालकको हैसियतमा लाभ लिएर भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।