२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरको ललितमण्डप पुन:निर्माण हुने



अ+ अ-

ललितपुर । विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त ललितपुर महानगरपालिका(४ जावलाखेलस्थित ऐतिहासिक सम्पदा ललितमण्डपको पुन:निर्माण हुने भएको छ । ललितमण्डप छेउमा रहेका पाटी (फल्छा) र जावलाहिटी ९गैरेधारा० भने ललितपुर महानगरले यसअघि नै पुन:निर्माण गरिसकेको छ ।

ललितमण्डपलाई ऐतिहासिक शैलीमा पुन:निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको ललितपुर महानगरपालिका वडा नं ४ का अध्यक्ष सन्तोष खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाल अवस्थित भवन पञ्चायतकालमा निर्माण भएको हो । हामीले राणाकालअघिको फोटो भेट्टाएका छौँ । इतिहास झल्कने गरी ललितमण्डप पुन:निर्माण हुनेछ ।”

हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथ ललितमण्डप परिसरमै राखिन्छ । सोही परिसरबाटै मछिन्द्रनाथ जात्राको अन्तिम दिन भोटो देखाउने प्रचलन भएकाले पनि ललितमण्डपको महत्व विशेष भएको उहाँको भनाइ छ । हाल जावलाखेलमै मछिन्द्रनाथ सङ्गहालयसमेत निर्माण हुँदैछ । जुन सङ्ग्रहालयमा मछिन्द्रनाथको एतिहासिक सामग्री सङ्ग्रहित गरिनेछ ।

ऐतिहासिक सम्पदासम्बन्धी जानकारी ज्यापु समाजसँग रहेकाले सोही समाजसँगको सल्लाहमा ललितमण्डपलाई कलात्मकरूपमा पुन:निर्माण गरिने वडाध्यक्ष खड्काको भनाइ छ । उहाँले भन्नुभयो, “पुन:निर्माणको विषयमा नगरप्रमुखसँग कुरा भएको छ । उहाँले निर्माणका लागि चासो देखाउनुभएको छ । ज्यापु समाजसँग छलफलपछि ललितमण्डप निर्माण हुनेछ ।”