• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

राष्ट्रियसभा निर्वाचनको विषयमा सत्ता गठबन्धनले एमालेसँग छलफल गर्ने



फाईल फोटो

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको विषयमा सत्ता गठबन्धनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने भएको छ ।

एमालेसँग बुधबार साँझ पाँच बजे छलफल गर्ने तयारी भएको बताईएको छ । त्यसअघि सत्ता गठबन्धनमा आवद्ध दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीबीच अपराह्न ३ बजे बालुवाटारमा छलफल हुने भएको छ ।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए । छलफलमा अपराह्न तीन बजे सत्ता गठबन्धनको बैठक बस्ने र पछि साँझ ५ बजे नेकपा एमालेसँग संयुक्त बैठक बस्ने कुरा भएको एक नेताले जानकारी दिए ।

बिहानको छलफलमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक सहभागी थिए ।