• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

पूर्वराजा ज्ञानेन्द्रले भोलि भैरहवामा के घोषणा गर्दैछन् ?



फाईल फोटो

काठमाडौँ । यतिखेर पूर्वराजा ज्ञानेन्द्र शाह भैरहवामा छन् । केही दिनदेखि उनी पश्चिम नेपालको भ्रमणमै छन् ।

उनको धार्मिक तथा साँस्कृतिक भ्रमण भनिए पनि त्यतिमात्र नरहेको बुझाई भैरहवाबासीको छ । उनलाई भोलि बिहीबार त्यहाँ नागरिक अभिनन्दन गर्ने तयारी भएको छ । पुस १९ गते साढे १२ बजे भैरहवाको सुगरमिल क्षेत्रमा पूर्वराजाको नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

हुन त उनलाई भोलि अभिनन्दन गरिने कुरा मंगलबार मात्र सार्वजनिक भएको हो तर पनि उनी आइतबार नै रुपन्देही पुगेका थिए । हाल उनी रुपन्देहीको भैरहवामा बसेका छन् ।

मंगलबार बुटवल पुगेका उनको सबै कार्यक्रम समेत सुरक्षा निकायलाई जानकारी छैन । पूर्व राजा ज्ञानेन्द्रले कपिलवस्तु, पश्चिम नवलपरासी तथा रुपन्देहीका विभिन्न धार्मिक स्थलहरुको दर्शन तथा भ्रमण गर्ने पनि कार्यक्रम रहेको उनी निकट स्रोतले जानकारी दिएको छ । मंगलबार मात्र नागरिक अभिनन्दन समारोह मूल समिति रुपन्देहीले भैरहवामा पत्रकार भेटघाटमार्फत् पूर्वराजाको भ्रमण कार्यक्रमबारे जानकारी गराएको थियो ।

श्रीमती कोमल शाहसहित पुगेका पूर्वराजा ज्ञानेन्द्र भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बसेका छन् । पछिल्ला केही समय नेपालमा राजतन्त्रप्रति नागरिकको चासो पनि बढ्दै गएको छ । नागरिकले वर्तमान सत्ताले महंगी, भ्रष्टाचार तथा नागरिकप्रति बेवास्ता मात्र दिएको भनेर निराशा व्यक्त गर्ने गरेका छन् । त्यसैले कैयौँ व्यक्ति र संस्थाहरुले अहिले बरु यो व्यवस्था भन्दा त राजतन्त्र नै ठिक भन्ने जस्ता अभिव्यक्ति पनि दिने गरेका छन् ।

त्यसकारण राजनीतिक दलका नेताहरुले पनि राजतन्त्रको विरोध गर्न थालेका छन् । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेसले पुस १६ गते आयोजना गरेको कार्यक्रममा पनि एमाले नेता केपी ओलीसहितका नेताले नेपालमा अब राजतन्त्र पनरागमनको कुनै सम्भावना नरहेको बताएका थिए । यतिबेला मुलुकमा नेपालमा राजतन्त्रको आगमन सम्भव छ या छैन भनेर बहस जारी रहेकै बेला पूर्वराजा ज्ञानेन्द्र भने केही बोलेका छैनन् ।

उनी देश दौडाहामा भने ठाउँ ठाउँमा पुगेका छन् । त्यसैले भोलि भैरहवामा हुन लागेको नागरिक अभिनन्दनमा उनले सम्बोधन गर्ने कार्यक्रम पनि राखिएको छ । उनले भोलि के घोषणा गर्दैछन् भन्ने चासो भैरहवाबासीमा देखिएको छ ।