१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः… सम्बोधन सकेर निस्किए प्रधानमन्त्री, संसद बैठक भने जारी कृष्णभिरमा यही महिनाभित्रै सडक सञ्चालन गरिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम विकासका लागि चाहिने आधारभुत तत्वहरु बढी भएको प्रदेश हो: मन्त्री साउद



file photo
अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेश विकासका लागि चाहिने आधारभुत तत्वहरु बढी भएको स्थान रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित दृश्यमा खप्तड श्रृंखला २ को विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले परिवेश, परिस्थितिको विकाससँगै सुदूरपश्चिममा पनि विकासका सम्भावनाका ढोकाहरु खुलेको बताउनु भयो । उहाँले जलविद्युत उत्पादन, कृषि, सांस्कृतिक सम्पदा र पर्यटन क्षेत्रका लागि पनि सुदूरपश्चिम क्षेत्र महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले पवित्र तीर्थस्थल र सांस्कृतिक विरासतले पनि सुदूरपश्चिम प्रदेश महत्वपूर्ण रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले परिवेश, परिस्थिति, विकास बदलिएको छ । हाम्रो ठाउँमा पनि विकासका सम्भावनाका ढोकाहरु खुलेका छन् । विकासका लागि चाहिने आधारभुत तत्वहरु सुदूरपश्चिममा देशका सातै वटा प्रदेश भन्दा सबैभन्दा ज्यादा छन् । यसका लागि अन्तर्राष्ट्रिय सम्पर्क सम्बन्धको कुरा आउँछ । त्यसमा उत्तर पनि पश्चिम पनि र दक्षिण पनि छ । उत्तरमा चीन, पश्चिम र दक्षिणमा भारत छ । खाद्यान्न उत्पादनका लागि मलिलो उर्वर जमिन खोज्ने हो भने कैलाली र कञ्चनपुरका फाँटहरु छन् ।’

‘इरिग्रेसनका लागि नदीनाला खोज्ने हो भने महकाली, कर्णाली छ । त्यसमा जलविद्युतको सम्भवाना हेर्ने हो भनेपनि दुनियाँका सबैभन्दा पोर्टेन्सियल जलविद्युतको क्षेत्रमा पोर्टेन्सियल क्षेत्रमध्ये सुदूरपश्चिम पनि हो । त्यहाँ नेपालका पाँच ठूला नदीमध्ये तीन वटा छन् । नेपाल आफैँ पनि दुनियाँको ठूलो जलश्रोतको पोटेन्सिलिटी भएको देश हो । पवित्र तीर्थस्थल पनि छन् । ठूलो सांस्कृतिक विरासत पनि छ ।’

मन्त्री साउदले अहिले पनि सुदूपश्चिमलाई आवश्यक विकास गर्न नसकिएको बताउनु भयो ।




भर्खरै